एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ जेठ। सुर्खेतमा नेकपा माओवादी कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउदा तीन माओवादी कार्यकर्ताहरु घाइते भएका छन्। प्रहरीले केन्द्रीय सदस्य भरत बमसहित ९ जनालाई पक्राउ गरेको छ।

माओवादी प्रवक्ता पम्फा भुषालले एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता बिधेयकविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीबाट भएको हस्तक्षेपको आपत्ति जनाएकी छन्। उनले सुर्खेतको मैनतडाजहरेमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका कार्यकर्तामाथि गोली चलाएकोमा आपत्ति व्यक्त गर्दै घाइतेहरुको उपचार तथा क्षतिपूर्ति तथा पक्राउ परेका केन्द्रीय सदस्य भरत बमसहित ९ जनालाई विनासर्त रिहा गर्न माग गरेकी छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस