एचकेनेपाल डट कम संवाददाता-
बोस्टन अमेरिका, १४ मे। वाङ्मयका विविध विधालाई एकै मञ्चमा प्रस्तुत गर्ने प्रयास स्वरूप अमेरिकाको बोस्टनमा सिर्जना उत्सव हुने भएको छ।

प्रत्येक अंग्रेजी महिनाको अन्तिम आइतबार आयोजना गरिने उत्सवमा साहित्य कला र सांगीतिक प्रस्तुति रहने संस्थाले जनाएको छ। आइतबार बोस्टनको समर्भिलमा भएको एक भेलाले साहित्यकार गोवर्धन पूजाको संयोजकत्वमा सस्थाका निर्देशकहरुमा महेश्वर पन्त, दीपा राई पुन, अनु शाह, हरि थापा, सुरेश वाग्ले, रोशनी खनाल, हरि काफ्ले, गौरबराज थपलिया, ममता कर्माचार्य, पेशल रेग्मी, सागर खतिवडा, डिपी ढकाल, एल बि अएर, एम पौडेल , लक्ष्मण कट्टेललाई चयन गरेको छ।

संस्थाले आगामी २६ तारिख वरिष्ट कलाकार, कवि एवं प्राज्ञ उत्तम नेपालीको स्वागतार्थ बोस्टनमा कार्यक्रम गरिने जानकारी संयोजक पूजाले दिएका छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस