एचकेनेपाल डट कम संवाददाता-
चितवन, ३१ बैशाख। नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित भएका छन्। आफ्ना प्रतिद्वन्द्वी चन्द्रविक्रम राईलाईलाई १५ मतको फरकले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। सोमवार राति भएको निर्वाचनमा खसेको कुल ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाएका थिए। अध्यक्षका अर्का प्रत्यासी नरेश ताम्राकारले तीन मतमात्रै पाए।

को कसमा जिते

महासचिवः
पेम्बा भोटे

उपाध्यक्षमा:
महिलातर्फः रोश्नी मेचे
हिमालबाटः डन्डु शेर्पा
पहाडबाटः सूर्यहादुर माझी
भित्री मधेसबाटः चिनीलाल माझी
तराईबाटः रामअवतार मण्डल

सचिवः
महिलाबाटः यशोधा चौधरी
हिमालबाटः गणेशलाल थकाली
पहाडबाटः यमबहादुर चेपाङ
भित्री मधेशबाटः चिनीमायाँ माझी
तराईबाटः ध्यानी उँराव

कोषाध्यक्षः
जगतबहादुर बराम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस