दिननाथ बराल एचकेनेपाल डट कम-
पोखरा, २९ वैशाख। सहारा युके एक खेल्न बाँकी रहदै दोेस्रो हुदै डिभिनज टुमा प्रबेश गरेको छ। आईतबार भएको लिगको खेलमा सहाराले एल्टोन युनाईटेडलाई ७–० को एकतर्फी गोल बर्षाउदै वेलायतको फुटवल संरचनाको पहिलो खुड्किलो पार गरेको हो।
सहारा युकेले यही स्थितीमा विभिन्न चरणमा हुने खेलहरुमा ९ बर्षसम्म यस्तै नतिजा हासिल गर्न सकेमा फुटवलको च्याम्पियन लिगमा आफ्नो सहभागिता गराउन पाउने बेलायतबाट मिन गुरुङले बताए। नेपाली टिमका पूर्ब खेलाडी लोकबन्धु गुरुङ र हिमालयन शेर्पा क्लवका पूर्वप्रशिक्षक नवल गुरुङसहित अन्य खेलाडीहरु रहेका छन्। सहाराको जितमा विमल शेरचनले ह्याट्रिक, हिस्सी लामाले २, बहर र विमलल बलालले एक एक गोल गरेका हुन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस