एचकेनेपाल डट कम संवाददाता-
रोल्पा, २९ बैशाख। रोल्पा कारागारबाट सुरुङ खनेर शनिबार राति आठ जना कैदी तथा थुनुवा फरार भएका छन्।

सुरुङ खनेर भाग्नेहरुमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दिपक पुन रहेका छन्। प्रहरी निरीक्षक सरोज पौडेलका अनुसार उनीहरु गैंडाको खाग तस्करी, जर्बजस्ती करणी र डाँका मुद्दाका अभियुक्त हुन्।

कारागारबाट राति साढे १२ बजेतिर मात्र कैदी भागेको प्रहरीले थाहा पाएका थिए। कारागारमा खटिएका १९ जना प्रहरीहरुलाई छलेर राति साढे ११ तिर उनीहरु भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। फरार कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ। कैदी भागेपछि प्रहरीले रोल्पामा सुरक्षा सतर्कता बढाएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस