कतारमा पक्राउ परेका नेपाली शिक्षक रिहा न्युज अपडेट
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० वैशाख। इस्लाम धर्मको अनादरको गरेको अभियोगमा पक्राउ परेका नेपाली शिक्षक दोर्जे गुरुङ आइतवार रिहा भएका छन्।

कतार एकेडेमी स्कूलमा रसायनशास्त्रका शिक्षकका रुपमा कार्यरत गुरुङलाई त्यहाँका एक विद्यार्थीले इस्लाम धर्मको अपमान गरेको आरोप लगाएर पक्राउ गर्न लगाएका थिए।

१० दिनसम्म जेलमा रहेका गुरुङलाई सोमवार सकुशल नेपाल फिर्ता पठाउने तयारी गरिरहेको गुरुङको रिहाईको लागि अभियान चलाइरहेको ‘फ्रि दोर्जे गुरुङ’ले जनाएकोछ।

कतारमा शिक्षक गुरुङ पक्राउप्रति एनआरएनको गम्भीर ध्यानाकार्षण
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २८ वैशाख। कतार एकेडेमी स्कुलमा कार्यरत रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङलाई विधार्थीसँग भएको सामान्य विवादलाई लिएर ‘धर्मको अनादार’ गरेको आरोप लगाई पक्राउ गरेको घटनाप्रति गैरआवासीय नेपाली संघको ध्यानाकार्षण भएको छ।

संघका अध्यक्ष जीवा लामिछानेले शनिवार एक प्रेस विज्ञप्ति जारी गरेर शिक्षक गुरुङको पक्राउप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका हुन्। अध्ययन अध्यापन गर्ने क्रममा विभिन्न देशमा रहदा त्यहाँको धर्म, संस्कृति र परम्पराको अनुभव गरेका गुरुङबाट यस्तो गम्भीर प्रकारको भूल हुन नसक्ने संघको विज्ञप्तिमा उल्लेख छ।

कतारको एक अदालतमा चलेको मुद्दामा गुरुङको तर्फबाट न्यायिक प्रतिनिधिको व्यवस्था गर्न संघले नेपाल सरकारसँग अनुरोध समेत गरेको छ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ
कतार एकेडेमी स्कुलमा कार्यरत रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङलाई विधार्थीसँग भएको सामान्य विवादलाई लिएर ‘धर्मको अनादार’ गरेको आरोप लगाई पक्राउ गरेको घटना प्रति गैरआवासीय नेपाली संघको ध्यानाकार्षण भएको छ। अध्ययन अध्यापन गर्ने क्रममा विभिन्न देशमा रहदा त्यहाँको धर्म, संस्कृती र परम्पराको अनुभव गरेका गुरुङबाट यस्तो गम्भिर प्रकारको भुल हुन नसक्ने संघको विश्वाश रहेको छ। कतारको एक अदालतमा चलेको यस मुद्दामा गुरुङको तर्फबाट न्यायिक प्रतिनिधिको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं। अन्य मानवीय सहयोगको लागी संघको राष्ट्रिय समन्वय परिषद कतार र गैरआवासीय नेपाली समुदायको सहयोग रहने प्रतिवद्दता व्यक्त गर्दछौ।
जीवा लामिछाने

अध्यक्ष, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
१०।०५।२०१३

दोर्जे गुरुङको रिहाईको लागि हस्ताक्षर गरेर सहयोग गर्नुहोस्
Petition | Government Of Qatar: Release Dorje Gurung | Change.org

Hi!

I just signed the petition “Government Of Qatar: Release Dorje Gurung” on Change.org.

It’s important. Will you sign it too? Here’s the link:

Thanks!

Pashan

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस