दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २७ वैशाख। पोखरा रामबजारमा रहेको भ्याली स्पोटर्स क्लवको आयोजनामा आगामी जेष्ठ १ गतेदेखि सुरु हुने स्वर्गीय अमन गुरुङ सेभेन ए साईड फुटवल प्रतियोगितामा ४ विदेशीसहित ४० टोलीको सहभागिता रहने भएको छ।
पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलीले ७५ हजार र उपविजेताले ४० हजार पुरस्कार पाउने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
क्लबले यस अघि वैशाख २९ गतेदेखि उक्त प्रतियोगिता संचालन गर्ने भनी घोषण गरे पनि प्राविधिक कारणवश जेष्ठ एक गतेदेखि सुरु हुने भएको क्लबका अध्यक्ष क्याप्टेन थमनसिंह थापाले बताए। पोखरा खेलकुदको शहर फुटवल विकास गराउने भ्यालीको रहर भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा वेलायतका ईन्टेक ०६ व्रिगेट अफ गोर्खाज, ईन्टेक ०७ व्रिगेट अफ गोर्खाज, ईन्टेक ०८ व्रिगेट अफ गोर्खाज गरी तीन टिम र भारतको नाईन साईड फुटवल फेडेरेसन सहभागि हुने भएको क्लबका सचिव सम्मरबहादुर गुरुङले बताए।
गत बर्ष वैशाख १० गते वेलायतमा पोखरा रामबजार निवासी गोर्खाज अमर गुरुङको निधन भएपछि उनका साथीहरुको सहयोगबाट १० लाखको अक्षयकोष स्थापना भए पछि क्लवले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। बार्षिक रुपमा उक्त रकमबाट आएको व्याजले क्लबले सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगितमा सहभागी टिमले दर्ता शुल्क ४ हजार रुपैया तिरेका छन्। प्रतियोगिता सम्पन्न गर्न ५ लाख ७६ हजार खर्च लाग्ने बताउदै क्लवका सचिव श्रेष्ठले करीब ६ लाख ८५ हजार आम्दानी गर्ने लक्ष्य राखेको बताए।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि रहेको छ। स्वर्गीय अमन गुरुङको परिवार तथा यमन गुरुङबाट प्रथम पुरस्कार ७५ हजार प्रायोजन गरेको छ भने दोश्रो पुरस्कार ४० हजार हिमश्री फुड्स रहेको छ। क्लबले २०६८ सालमा रारा सेभेन एसाइड फुटवल प्रतियोगिता आयोजना गरेको थियो।
पत्रकार सम्मेलनमा ईन्टेक ०६ व्रिगेट अफ गोर्खाजका अध्यक्ष दुर्गा पुन, रामबजार सोसाईटीका युकेका अध्यक्ष रामबहादुर गुरुङ, सदस्य ज्ञान बहादुर थापालगायतले प्रतियोगिता सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वाचा गरे। प्रतियोगिता सफल पार्न विभिन्न उपसमितिले आफ्नो जिम्मेवार पुरा गर्दै गरेको क्लबले जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस