गोपाल दाहाल / एचकेनेपाल डट कम-
धरान, २६ वैशाख। हङकङ बस्दै आएका पुराना धराने गायक कवि राईको नयाँ एल्बम आमा धरानमा विमोचन भएको छ।

तस्वीरः सोहन श्रेष्ठ / एचकेनेपाल डट कम


आमाको मुख हेर्ने दिन विहीबार गृहनगर धरानमा कवि र बालिका निनाम्मा राईले एल्बमको विमोचन गरे। गायक कविले आफ्नी आमालाई समर्पण गर्दै तयार पारेको आमा बोलको गीतको भिडियो समेत प्रदर्शन गरियो। त्यस्तै गायकको बारेमा तयार पारिएको छोटो डकुमेन्ट्री र घाँसी बोलको गीतपनि प्रदर्शन गरियो।

एल्बममा ७ गीत समेटिएका छन्। आमा, घाँसी, रातभर, मायालुको छेउमा, मुटुभरि सम्झना, काठमाडौको धरहरा र सँधैसँधै बोलका गीत समेटिएको एल्बममा वेद सुब्बा, दिनेश सुब्बा, अशोक शाक्य र गायक आफ्नै संगीत छ भने शब्दहरु मोहन क्षेत्री, अशोक, कवि, वेदका छन्। सँधै सँधै बोलको गीतमा सिने गुरुङले साथ दिएकी छिन्।

सानैदेखि धरानको साँगीतिक माहोलमा भिज्दै गएका कविले धरानमा ६ जना साथिहरुसंग मिलेर २०४७ सालमा निरुपण नामक व्याण्डको स्थापना गरेका थिए। यो संगै गीत संगीतलाई निरन्तरता दिने क्रममा २०५२ साल तिर धरानको म्युजिक मिडियामा हिड्दा हिड्दै उकाली ओराली वोलको गीत रेकर्ड गराएका थिए भने ०५३ सालमा सहकर्मी अशोक शाक्यसंग मिलेर अतित नामक एल्वम समेत बजारमा ल्याएका थिए। संगीत प्रतिको लगावका कारण वेला वेलामा गीति एल्वम निकालि रहने कविले ५ वर्षअघि कविन नामक एल्वम बजारमा ल्याएका थिए।

‘आमा म तिम्रो काखमा रोएको त्यो बेला…’


घाँसी…

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस