सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, वढो ताम झामका साथ गत शुक्रबार सुरु गरिएको दोस्रो क्षेत्रिय पर्यटन मेलामा दर्शकको उपस्थिति भने प्राय शून्य नै रह्यो। ५० हजारले अवलोकन गर्ने भनिए पनि स्थानीय संघ संस्था तथा सरकारी निकायसंगको कोडिनेशन विनानै आयोजना गरिएको मेला उपलब्धि विहिन आइतबार सकिएको छ।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
मेलामा ५० लाखको वजेट भए पनि कार्यक्रम भने सामान्य मात्र रह्यो। आर्थिक वर्ष सकिन लागेको अवस्थामा वजेट फ्रिज हुने भन्दै नेपाल पर्यटन वोर्डले आयोजना गरेको मेला वास्तवमा वजेट सक्नको लागि मात्र आयोजना गरे झै देखिएको छ।
पूर्व क्षेत्रको पर्यटन प्रर्वद्धनको लागि भने पनि त्यस्ता खाले कुनै कार्यक्रम देखिएन मेलामा। यदि सम्म कि आयोजकले बनाएको मुख्य ब्यानरमा समेत पूर्वकै प्रमुख धार्मिक पर्यटकीय स्थल सुनसरी वराह क्षेत्रको नाममा सप्तरीको छिन्नमस्ता मन्दिरको तस्विर राखिएको थियो भने कार्यक्रम धरानमा आयोजना भई रहदा धरान तथा आसपासका क्षेत्रको जानकारी दिने खालका प्रर्याप्त तस्विरहरु समेत राखिएन मेलामा। धरान आफैमा जनजातिको शहर हो तर मेलामा जनजातिका पहिचान झल्कने केही राखिएको छैन। सास्कृतिक कार्यक्रमको नाममा पनि केही नाम नसुनिएका कलाकार ल्याएर रकम सक्ने काम मात्र भएका स्थानीयको आरोप छ।
मेलाको उद्घाटन गर्दै पर्यटन तथा नागरिक मन्त्रि रामकुमार श्रेष्ठ
सरकारी काम कहिले जाला घाम भने झै पर्यटन वोर्डका कर्मचारीहरुले कमिसनको चक्करमा परेर वजेट सक्नका लागि मात्र कार्यक्रम आयोजना गरेको स्थानीय को अरोप छ। मेलाको आयोजनापछि स्थानीय निकाय धरान नगर पालिका, पर्यटन व्यवसायी तथा उद्योग बाणिज्य संघ समेत असन्तुष्ट रहेका छन्। स्थानीय स्तरका प्रर्याप्त कोडिनेसन नगरेको तथा प्रचार प्रसार समेत नगरि वोर्डले कार्यक्रम आयोजना गरेकोले मेला उपलब्धिविहिन भएको धरान नगरपालिकाका समाज कल्याण अधिकृत सुनिल नेपालको भनाई छ। मेलामा सहभागीता समेत न्यून भएकोले पनि मेलाले उद्येश्य प्राप्ति नरेको र यसले पूर्वको पर्यटन प्रबद्र्धनमा काम गर्नुको साटो झन पर्यटन व्यवसायीलाई निरास बनाएको उनको तर्क छ।
धरानमा पहिलो पटक भएको पर्यटन मेलामा स्थानीय व्यापारी व्यवसायीले खुसी मनाउनु पर्ने हो तर आयोजकको काम गर्ने शैलीले व्यापारी व्यवसायीलाई झन दुखी बनाएको छ। उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठ जुन ढंगले पूर्वका पर्यटकीय स्थलको प्रचार प्रसार हुनु पथ्र्यो त्यसो हुन नसकेको गुनासो गर्छन्। पर्यटन मेला आयोजना गर्नुको मुख्य उद्देश्य पूर्वका पर्यटन स्थलको प्रवद्र्धन गर्नु नै हो । त्यति मात्र होइन नया नया गन्तव्यको खोजी पनि गर्नु पर्ने हो तर मेला पर्यटन बोर्डका कर्मचारीको मोजमस्ती गर्ने अवसर मात्र बन्यो। स्थानीय स्तरमा राम्रोसँग संयोजन हुन सकेन । मेला सुरु हुनु चार दिनअघि मात्र स्थानीय संयोजक नियुक्त भएका महेन्द्र प्रधान आफूलाई मेलाको आर्थिक पक्षको कुनै जानकारी नभएको बताउँछन्। पर्यटन बोर्ड गरेको कमजोरी सुधारका लागि कुरा गर्ने उनको भनाई छ । आफूलाई ४ दिन अगाडि मात्र संयोजक बनाएको भए पनि मेलाको बारेमा केही जानकारी समेत नभएको वताए। साथै मेलामा भेरैकमि कमजोरी रहेकोले पर्यटन वोर्डले यसलाई सुधार गर्नु पर्नेमा जोड दिए।
मेलामा कमीकमजोरी केलाउन थाल्ने हो भने ठूलो चाङ लाग्छ । एक त कार्यक्रमको ब्यानरमै गल्ति छ भने मेलाका अधिकांश स्टलमा सम्वन्धित जिल्लाका प्रतिनीधि थिएनन्। विभिन्न जिल्लाका स्टलमा धरानकै युवायुवतिलाई दैनिक ४ सय भत्ता दिएर राखियो। त्यसकारण मेलामा पूर्वका पर्यटनस्थलका बारेमा बुझन आएकाहरुले प्रयाप्त जानकारी नभएका ब्रोसर पढेर चित्त बुझाउनु प¥यो । पर्यटकको स्वागत गर्ने होटल व्यवसायीहरुलाई नै मेलाको राम्रो जानकारी भएन । मेला हतारमा गरिएकाले धेरै कमजोरी भएको होटल एसोसियसन अफ धरानका अध्यक्ष महेश श्रेष्ठको बनाई छ।
व्यानरमा छिन्नमस्ता मन्दिरलाई बराह क्षेत्रको गलत नाम लेखिएको
पर्यटन मेला ५० लाख रुपैयाँ सक्ने खेल मात्र बनेको भनेर स्थानीयले गुनासो गरिरहेका बेला नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक तथा मेलाका संयोजक लिलाबहादुर बानिया सिघै पर्यटन बोर्डको मेला सधै यस्तै हुने बताउछन्। यत्रो खर्चको उपलब्धीका बारेमा सोध्दा उनले उल्टै बोर्डको काममा सबैले गर्व गर्नु पर्ने उपदेश दिए। स्थानीय पर्यटन व्यवसायीहरु मेलामा कमजारी भएको औल्याइरहदा उनी भने मेलामा केही कमजारी नभएको दाबी गर्न पछि परेनन् । तर उनले नै सम्बन्धित जिल्लाका स्टल जिल्लाकै प्रतिनिधी हुनु पर्ने र स्थानिय उत्पादन त्यसमा पनि हेण्डिक्राफ्ट हुनुपर्नेमा त्यो नभएको भने स्वीकार गरे। मेलाको वजेटको विषयमा भने धेरै वोल्न चाहेन र यससी क्यामेराबाट पन्छिए।
प्रचार प्रसार आफूहरुले गरेको उनले वताए पनि वोर्डको वेव साइटमा समेत मेलाको बारेमा केही उल्लेख गरिएको छैन भने पूर्वका पर्यटन व्यवसायी मेलाको विषयमा अनविज्ञ प्राय छन् । त्यसो त वोर्डले यस अघि विराटनगरमा गरेको मेलामा पनि यस्ते विवाद नआएको होइन। तर वोर्डका पदाधिकारी र कर्मचारीहरु गल्ति सुधार्नै भन्दा पनि ढाकछापमै लाग्ने गरेका छन्।
मेलाको अवसरमा आयोजना गरेको विभिन्न तालिमको नाममा तथा वोर्डका कर्मचारीहरुले मदिरामा मात्र ४० प्रतिशत भन्दा वढि खर्च गरेको समाचारहरु आइरहेका छन्। वोर्डले गर्ने प्राय कार्यक्रमहरु विवादरहित हुन सकेका छैनन। नाम पर्यटनको दिए पनि काम भने कमिसन र आर्थिक चलखेल मात्र हुने गरेको छ। यस तर्फ राज्यको ध्यान जाने हो भने मात्र नेपालको पर्यटन प्रबद्र्धनमा टेवा मिल्ने थियो कि?
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस