एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ८ मे। फुङ्लिङ ताप्लेजुङ बजार सेवा समितिद्वारा आयोजित ताप्लेजुङ अग्नि पीडित सहयोग साँझ सम्पन्न भएको छ।

कार्यक्रममा नेपालबाट आएका गायक विक्रम लिम्बू, संगीतकार मेघराज मगराती र गायिका प्रमिना ‘श्रेया’ राईलाई स्थानीय गायक टोपराज लामा, गंगा कार्की र बालकलाकार भाईलोनिष्ट निङ्वा शक्ति मादेनले साथ दिएका थिए।

गत माघ २६ गते ताप्लेजुङ वजारमा भिषण आगलागी परेर ८ वटा घर नष्ट र करोडौंको क्षति भएको थियो। सोही अग्निपीडित परिवारलाई सहयोग पुर्याउने उद्वेश्यले आयोजित कार्यक्रममा नेपालबाट कलाकारहरु बिना पारिश्रमिक हङकङ आएका थिए।

कार्यक्रममा साधारण टिकट दर १५० हङकङ डलर राखिएको थियो। कार्यक्रममा साधारण टिकट वाहेक प्रायोजकहरूसहित हलभित्रै २२ हजार पाँचसय डलर उठेको ताप्लेजुङ अग्निपीडित सहयोग साँझका संयोजक चन्द्र मादेन ‘आन्छन्’ले जानकारी दिए।

औपचारिक कार्यक्रम नारायण मादेन र पूर्णिमा शाहले र सांस्कृतिक कार्यक्रमको सञ्चालन देवराज राईले गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस