सुरज गुरुङ / एचकेनेपाल डट कम-
गत आइतावार मे ५ तारिखका दिन खोटाङ्ग सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको दोश्रो हलेसी रनिङ्ग कप २०१३ कास्की परिवार दक्षिण कोरियाले आफ्नो पोल्टामा पार्न सफल भएको छ। २००८ मा स्थापना भएको कास्की परिवारले गत सालदेखि मात्र भलिबल खेल्न सुरु गरेको थियो । यसरी थोरै समयमानै कास्की परिवारले भलिबल खेलमा राम्रो प्रगति गरेको छ।

१४ टिमले सहभागिता जनाएको सो भलिबल प्रतियोगिता बिहाना १०ः३० बजेदेखि सुरु भएर बेलुका १०ः४० बजे समाप्त भएको थियो। कास्की परिवारले पहिलो चरणमा बाग्लुङ्ग सम्पर्क समिति दक्षिण कोरियालाई २–० ले पछि पार्दै तनहूँ प्रवासी उद्धार समाज द. कोरियासंग पहिलो सेट कास्की, दोश्रो सेट तनहूँ र तेश्रो सेट कास्कीले हात पार्दै २–१ ले जित्न सफल भएको थियो । सेमी फाईनल खेलमा कास्की परिवारले म्याग्दी समाज समिति द.कोरियालाई २–० ले पाखा लगाउंदै डि पोलबाट फाईनलमा पुगेको थियो।

उता ए पोलबाट नेपाल मगर संघ द. कोरियाले पर्वत समाज द. कोरियालाई हराउदै फाईनलमा प्रवेश गरेको थियो। एकै दिनमा सबै खेलहरु खेल्नु परेका खेलाडीहरु शरिर थाके पनि उनीहरुको जोस जाँगर भने पटकै घटेको देखिदैन थियो। क्षेत्र गुरुङ्गको संयोजगत्वमा सहभागिता जनाएको कास्की परिवारको टिमले नेपाल मगर संघलाई २–० ले हराउदै उक्त हलेसी रनिङ्ग कप जित्न सफल भएको थियो।

यो कास्की परिवारको पहिलो जित थियो । खोटाङ्ग सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको हलेसी रनिङ्ग कप २०१३ को उत्कृष्ठ खेलाडी पनि कास्की परिवारकै जर्सी नं. ६ को अनिल घमालले पाएको थियो। सो खेलमा नेपाल राष्ट्रिय रेफ्री केश भक्त गुरुङ्ग र गणेश घमाल त्यस्तै साथमा खोम गुरुङ्ग र लोकेन्द्र भट्टचनले रेफ्रीको भूमिका निभाउनु भएको थियो।

कास्की परिवार द. कोरियाले जुलाई १४ तारिख आईतावार पहिलो माछापुच्छ्रे रनिङ्ग कप भलिबल प्रतियोगिताको आयोजना गर्ने परिवारका सचिव खोम गुरुङ्गले जानकारी दिनु भएको छ साथै उक्त दिन कुनै पनि संघसंस्थाहरुले कार्यक्रम नजुदाई दिनुहुन कास्की परिवारका अध्यक्ष नविन गुरुङ्गले हार्दिक अनुरोध गर्नु भएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस