पावेल शर्मा / एचकेनेपाल डट कम
युएई,दुबई। संसारका मजदुरहरु एक हौँ, आफ्नो हक अधिकारलाई सुनिश्चित गर्न सङ्गठित बनौं भन्ने मुल नारासहित यही मई तीन अबुधबीस्थित मुसफा आई कार्ड सिटीको पार्कमा सयौँ मजदुरहरुको उपस्थितिमा युएई नेपाली एकता समाज अबुधबी क्षेत्रिय समितिको भेला सम्पन्न भएको छ।

समाजका केन्द्रिय अध्यक्ष कृष्ण केसिको उपस्थिति, उपाध्यक्ष मेगराज खनालको बिशेष उपस्थितिमा अगाडि बढेको भेलामा हामी प्रबासमा सङ्गठित बन्नु पर्ने बारे ब्यापक छलफल भएको थियो। छलफल कै क्रममा केन्द्रिय अध्यक्ष कृष्ण केसिले हामीहरु आफ्नो सिप र पसिना बेच्नको लागि लाखौं तिरेर आउँदा पनि बिचमै ठगिन वाध्य छौँ। एकातिर सरकारको निजी रुपमा म्यानपाओर लाईसेन्स दिने नीतिले गर्दा हामी ठगिएका छौ भने अर्कातिर स्वयं आफ्ना देशका मजदुरहरुको हित र समुन्नतको लागि कुटनीतिक पहल गर्नको लागि भनेर पठाएकै राजदूताबासद्वारा आफ्ना देशका नागरिकहरुलाई गरिएको वेवास्ताका कारणले पनि हामी नेपालीहरु दुख पाउन वाध्य हुनु परेको छ भनी कतारकी राजदूत माया शर्माको उदाहरण दिनुभएको थियो। कुनै दलको बहुल(वाली भएका कारण शर्मालाई राजदूतमा नियुक्ति गरिएको हो तर उहाँ राजदूत हुने लायकको नभएको बिबिसी साझा सवालमा उहाँले बोलेका अभिब्यक्ति र आफ्ना देशका मजदुरहरुप्रति देखाएको नियतले छर्लङ्ग पारेको बताउनु भयो।

छलफल कै क्रममा केन्द्रिय उपाध्यक्ष मेगराज खनालले एकता समाजको ईतिहास र एकता समाजले बिगतदेखि बर्तमानसम्म मजदुरहरुप्रति गरेका कामहरुको बारेमा स्पस्ट पार्दै आफ्नो हक र अधिकारको लागि पनि आज हामी प्रबासी नेपालीहरु एकता समाजको छाता मुनी रहनुको बिकल्प अरु केही नभएको जनाउनु भयो। आज युएईमा समाजको नाममा सय भन्दा माथि सङ्घ संस्थाहरु नेपाली दूताबासमा दर्ता भएका छन्, तर कुन सङ्गठनले यहाँका नेपाली मजदुरहरुको लागि के गर्‍यो भन्ने ठुलो कुरा हो भन्दै उहाँले अन्तर्राष्ट्रिय नेपाली एकता समाज आज संसारका ३४ वटा देशहरुमा स्थापना भैसकेको र जहाँ नेपाली त्यहाँ नेपाली एकता समाज स्थापना हुने क्रम जारी रहेको छ भन्दै समाजको नाममा नेपालीहरुलाई ठगेर बर्बाद गर्ने संस्थाहरु पनि बिदेशमा मौलाईरहेका छन, त्यस्ता सङ्गठनहरुलाई युएईका नेपाली मजदुरहरुले पनि राम्रोसँग चिन्नुपर्छ भन्दै नेपालीहरुलाई नेपालीले नै ठग्ने प्रथा अहिले आएर ब्यापक देखिएकोले सबै नेपालीहरुलाई सचेत हुन अनुरोध समेत गर्नुभयो।

भेलाले हाल सर्वोच्च अदालतको लोकमानसिंह कार्की सम्बन्धी फैसला देश र जनताको लागि घातक भएको र यो फैसलाले ६२।६३ सालको जनआन्दोलनको म्याण्डेड भन्दा बिपरित सङ्केत गर्छ भन्दै देशमा पुनप्रतिगमनको खतरा देखिएकाले सबै देश भक्ति नेपालीहरु गलत फैसलाको बिरुद्ध संघर्ष गर्नुपर्ने निश्कर्ष निकालेको छ।

एमाओवादीले ल्याएको गलत नीतिलाई हाल सर्बोच्च अदालतबाट पनि त्यसलाई फुकुवा गर्नु देश र जनताको लागि ठूलो आपत्तिको बिषय भएकाले रायमाझी आयोग र अख्तियार समेतले जनआन्दोलनको ठूलो पैमानामा दमन, राष्ट्रिय सम्पत्तिको दुरुपयोग र भ्रष्टाचार समेतका लागि दोषी ठहराएको र भविष्यका लागि सरकारी सेवाका लागि अयोग्य ठहराएको व्यक्तिलाई अख्तियार कै प्रमुख बनाउनको लागि ठूला दल भनाउदाहरुले सहमति दिनु हाल सर्बोच्च अदालतले पनि अयोग्यकै पक्षमा फैसला गरेर देशलाई पुन प्रतिगमनतिर डोहोर्याउन लागेको भेलाको निश्कर्ष छ।

भेलाले प्रकाश छन्त्यालको अध्यक्षतामा १४ पूर्ण, दुई बैकल्पिक, दुई सल्लाहकार र एक रिक्त गरी १९ सदस्यीय अबुधबी क्षेत्रिय समिती गठन गरेको छ। जसमा उपाध्यक्ष सुर्य केसि र योगेन्द्र थापा, सचिब बिष्णु थापा, सहसचिब राम कृष्ण पौडेल, कोषाध्यक्षमा हेम थापा रहेका छन् भने सदस्यहरुमा माधव खनाल, ज्ञान प्रकाश खनाल, शुमन काउछा, फटिक थापा, टोपेन्द्र कुँवर, तेजेन्द्र बहादुर, अर्जुन खनाल, चन्द्र परीयार रहेका छन्, बैकल्पिकमा दुर्गा श्रीस्, लोकेन्द्र श्रीस छन भने सल्लाहकारमा टिका केसि र राम बहादुर नेपाली रहेका छन्।

शहीदहरुप्रति एक मिनेट मौन धारणा पश्चात अगाडि बढेको उक्त भेलाको सञ्चालन बिष्णु थापाले गर्नुभएको थियो भने भेलामा टिका केसि ,सूर्य केसि , प्रकाश छन्त्याल, हेम थापा आदिले प्रबासीहरुका समस्या र समाधानको लागि सङ्गठनले खेल्नु पर्ने भूमिकाको बारेमा मन्तब्य राखेका थिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस