दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २५ वैशाख। एघारौं आहा–रारा गोल्ड कप फुटवल प्रतियोगिता २०६९ बाट १६ लाख २६ हजार चार सय आठ रुपैयाँ बचत भएको छ।

सहारा क्लवले बुधबार पोखरामा आयोजना गरेको आयव्यय सार्वजनिक कार्यक्रममा उक्त रकम बचत भएको जनाएको हो । गत माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ६२ लाख ६८ हजार ७ सय ५६ रुपैयाँ आम्दानी भएको अर्थ संकलन उपसमितिका संयोजक तथा क्लबका सल्लाहकार प्रकाश शेरचनले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न ४६ लाख ४२ हजार तीन सय ४८ रुपैयाँ खर्च भएको शेरचनले बताए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तयारी चाउचाउको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगितामा चाउचाउले ९ लाख, सहप्रायोजक रेडबुलले ३ लाख सहयोग गरेका थिए। प्रबेश टिकटबाट मात्र २७ लाख ९५ हजार संकलन भएको थियो। उक्त प्रतियोगिताको फाइनल खेलको प्रबेश टिकटबाट मात्र १० लाख ८६ हजार दुई सय ५० रुपैया संकलन भएको थियो।

खेलकुद विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं भन्ने मूलनाराका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता संचालन गदैैआएको छ । उक्त प्रतियोगितबाट बचत भएको रकमले सहारा एकेडेमी संचालन गर्दै आएको छ । यस बर्ष देखि नयाँ वालकहरुलाई एकेडेमीमा राखिने भएको क्लका अध्यक्ष विक्रम थकालीले बताए। उनले यस बर्षमा क्लबले ३० जना वालकहरुलाई एकेडेमिमा राखिने भए पनि हाल १० जना वालकहरु पहिलो चरणमा छनौट भएको बताए। ८ देखि १० बर्षका तथा ३ देखि ५ कक्षासम्म अध्ययन गरेका आमा बाबु गुमाएका तथा आर्थिक स्थिति कमजोर भएका वालकहरुलाई क्लबले अझै २० जनालाई अवसर दिने वालक छनौट समितिका संयोजक वीरभद्र आचार्यले बताए । १० जना वालवकहरु ७ जिल्लाबाट छनौट भएको आचार्यले बताए।

१२ टिमको सहभागिता रहेको उक्त ११ औ संस्करणको आहा–रारा गोल्डकपको उपाधि थ्रिस्टार क्लबले जितेको थियो। आयोजक सहारा उपविजेता बन्न सफल भएको थियो। सहारा क्लब पोखराले पोखरा १७ दोबिल्लामा २ करोडको लगानी सहारा एकेडेमीको नयाँ भवन निर्माण गरी कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरुलाई सहारा दिदैछ। क्लबका वरिष्ठ उपाध्यक्ष वीरभद्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव केशवबहादुर थापाले गरेका थिए।

उक्त अवसरमा क्लवले आहा रारा गोल्ड कप सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मानपत्र प्रदान गरिएको थियो । राजेश गुरुङ र रेखा गुरुङले सहारा एकेडेमिलाई ५० हजार सहयोग गरेका छन । कृष्णवहादुर गुरुङले क्लबका अध्यक्ष विक्रम थकालीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। आहा रारा गोल्ड कपको अवसरमा क्लबले भाग्यशाली दर्शकबाट कलर्स मोवाईल दिदै आएको थियो। एक थान मोवाईल सेट दर्शकले दाबी गर्न नआए पछि आयव्याय सार्वजनिक कार्यक्रममा भाग्यशाली अतिथिबाट खेलपत्रकार प्रेमनारायण न्यौपाने उक्त मोवाईल सेट पाए। गोला प्रथा गर्दा २५ औं नम्वरमा सहभागि भएका नायौपानेले उक्त मोवाईल सेट पाएका हुन।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस