रमेश बस्ताकोटी/ एचकेनेपाल डट कम-
चितवन, २४ बैशाख। संबैंधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवादस्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई सिफारिस गरेको बिरोधमा चितवनका बिद्यार्थीहरु पनि आन्दोलित बनेका छन्।
जनआन्दोलनका दोषी तथा भ्रष्ट छविका कार्काीलाई गरिएको सिफारिस तत्काल फिर्ता दिन माग गर्दे मंगलवार नेविसंघ, अनेरास्ववियु तथा अनेरास्ववियु क्रान्तिकारीले बीरेन्द्र बहुमुखी क्याम्पस अगाडि बिहान डेढ घण्टा चक्का जाम गरेका हुन्।
उनीहरुले बिहान ७ बजेदेखि साढे आठ बजेसम्म चक्काजाम गरेका थिए। चक्काजामपछि आयोजित कोणसभालाई नेविसंघ चितवनका सचिव बिष्णुहरि थापा, अनेरास्ववियुका वीरेन्द्र क्याम्पस अध्यक्ष विमल केसी लगायतले बोलेका थिए। कार्कीको सिफारिस फिर्ता नलिएसम्म आन्दोलन जारी रहने नेविसंघ चितवनका अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस