जितु कार्की / एचकेनेपाल डट कम-
पोखरा, १९ वैशाख। पर्यटकीय नगरी पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलका कारणले विश्वकै उत्तम श्रेणीमा पर्ने प्याराग्लाइडिङ व्यवसाय संकटमा पर्ने भएको छ।



पर्यटकीय नगरी पोखराको एक मुख्य आकर्षण मानिएको प्याराग्लाइडिङ खेल निर्माणाधिन विमानस्थलमा परिक्षण उडान तथा अवतरण सुरू हुने लगतै सराङकोटबाट उडान हुने सवै प्याराग्लाइडिङ उडानहरूलाई स्थानान्तरण गरिने भएकोछ।

स्थानान्तरण गर्नका लागि नागरिक उड्यन प्राधिकरणले अन्य वैकल्पिक क्षेत्रहरूको खोजी भै रहेको जनाएको छ। संभावित क्षेत्रहरूमा हालसम्म पर्वत जिल्लाको मासपार्क, लेखफाट, वनउलगायतका क्षेत्रमा र बेनीका केही ठाँउहरूबाट परिक्षण उडान गर्न लागिएको छ भने केहि दिनमै यि क्षेत्रबाट परिक्षण उडान गर्न एक कम्पनीलाई नागरिक उड्यन विभागले अनुमति दिएको जनाएको छ।

हाल पोखराको सराङकोटबाट १७ भन्दा वढि प्याराग्लाइडिङ कम्पनिहरू सञ्चालनमा छन्। सानो क्षेत्र तथा उडानको चापको कारण खतरा बढ्न सक्ने, नया कंम्पनीहरूको माग समेत बढेको र विमानस्थलको कारणले उपयुक्त स्थानको खोजी गर्नुपरेको प्राधिकरणका एक कर्मचारीले जानकारी गराए।

तस्वीरः आलोक शर्मा र उमेश पुन / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस