शिशिर सिंखडा / एचकेनेपाल डट कम-
चितवन, १७ वैशाख। चितवनको पर्यटकीय नगरी सौराहामा एक जना पर्यटकको रहस्यमय मृत्यू भएको छ।

सौराहास्थित होटल चितवन प्याराडाइजमा कोठा नम्बर १०२ मा गए राति सुतेका सिगापुरका नागरिक अन्दाजी ५५ बर्षका वि ह्वाह्याङको बिहान उठदा मरिरहेको भेटिएको हो।

बैशाख १५ गते चितवन आएको २३ जनाको समुहमा रहेका उनको मुखवाट रगत आएको अबस्थामा मृत भेटिएको प्रहरी चौकी बछ्यौलीका प्रहरी नायब निरीक्षक बिष्ण्ुा प्रसाद श्रेष्ठले जानकारी दिए। पार्सपोर्ट नम्बर ई २५२९०६२ ए रहेका वि ह्वाह्याङ मुखबाट रगत आएको अबस्थामा साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बुद्धिष्ट सोसाइटी अन्र्तगत नेपाल घुम्न आएका उनको मृत्यु भएपछि उनीसगै रहेका १ जना बिदेशी नागरिक र एक जना नेपाली गाइडलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। मृतक ह्वाह्याङको शब पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शब गृहमा राखिएको छ। साँझ सुत्नुअघि चिया, अन्य केही खानेकुरा र गोर्खा बियर खाएको होटल स्रोतले जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस