एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ बैशाख। विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन जना व्यक्तित्वहरु १/१ लाख रुपैया नगद पुरस्कारसहित सम्मानित भएका छन्।

सम्मानित हुनेहरुमा राजनीतिक–सैद्धान्तिकतर्फ महेश चौधरी, इतिहासतर्फ प्रा.डा.सुरेन्द्र केसी र साहित्य, संस्कृति र विज्ञानतर्फ बूँद राना छन्।

राष्ट्रपति डा. रामवरण यादवले सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा जनही १ लाख रुपैयाँ नग र सम्मान पत्र प्रदान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा गठन गरिएको पुष्पलाल राष्ट्रिय पुरस्कारबाट तीन व्यक्तित्वहरु सम्मानित भएका हुन्।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति–पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठलगायतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदानको बारे चर्चा गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस