रोशनी तमू / एचकेनेपाल डट कम-
पोखरा, १५ बैशाख। प्रथम गोरखाली म्युजिक अवार्डमा सर्वोउत्कृष्ट भाषाभाषीको गीत तर्फको अवार्ड तमू चलचित्र धिंको अह्यादो ठागु बोलको गीतले जितेको छ।

२०६९ सालको सर्वाधिक सफल चलचित्र धिं अभियान फिल्मस प्रोडक्शनको छैठौे प्रस्तुती हो। गीतमा लोकबहादुर गुरुङको शब्द, धनबहादुर गुरुङको संगीत तथा धनबहादुर गुरुङ, नरजङ्ग गुरुङ, कुसुम गुरुङ र शान्ति गुरुङको स्वर रहेको छ।

यसअघि अभियान फिल्मस प्रोडक्शनद्धारा निर्माण गरिएको हेर्बे ट चलचित्रमा समावेश गरिएको छयाँबरानी ङोल्स्यो र क्रमु चलचित्रमा समावेश गरिएको चौ छयाँबा बुटे क्रमु बोलको गीतले पोखरामा नै आयोजना गरिएको अन्नपुर्ण म्युजिक अवार्ड जिति सकेको छ भने चितवनको कालिका एफ.एमले आयोजना गरेको कालिका म्युजिक अवार्डमा पनि चौ छयाँबा बुटे क्रमु बोलको गीतले कालिका अवार्ड जित्न सफल भएको थियो।

पोखरा शनिवार सभागृहमा आयोजित भव्य समारोहमा चलचित्रका निर्देशक लोकबहादुर तमू र गायिका शान्ति तमूले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए। गोरखा समुदायद्धारा पोखरामा पहिलो पटक स्थापना गरिएको रेडियो गोरखालीको दोस्रो वार्षिक उत्सवको अवसरमा उक्त म्युजिक अवार्डको आयोजना गरिएको हो। रेडियोकी अध्यक्ष मीना गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। अभियान फिल्मस प्रोडक्शनको व्यानरमा निर्मित कतिपय कालजायी गीतहरु आज पनि तमू समुदायमा उत्तिकै लोकप्रिय रहेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस