प्रकाश थापा / एचकेनेपाल डट कम-
काठमाडौं। अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन युएस नेपाल च्याम्बर्स अफ कमर्सका अध्यक्ष मोहन ज्ञवालीलगायत विभिन्न प्रतिनिधिले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्म, अर्थमन्त्री शंकर कोइरालासँग भेटघाट गरेको छ। नेपाल भ्रमणमा रहनु भएका अध्यक्ष ज्ञवाली राष्ट्रपति यादव, रेग्मीसँग उहाकै कार्यकक्षमा भेटवार्ता गर्नु भएको हो।

भेटवार्तामा अमेरिकाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत, युएस नेपाल च्याम्मर्स अफ कमर्सका सल्लाहकार प्रेम राजामहत, अमेरिकाका लागि अवैतनिक वाणिज्यदूत ढकाल, वरिष्ठ कानुन व्यवसायी, युएस नेपाल च्याम्मर्स अफ कमर्सका सल्लाहकार खगेन्द्र जिसी, युएस नेपाल च्याम्मर्स अफ कमर्सका सल्लाहकार, हेम सरिता पाठक एकेडेमीका अध्यक्ष हेम पाठक , युएस नेपाल च्याम्मर्स अफ कमर्स पर्तिनिधी जन प्रकाश चापागाइ लागायत विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए।

भेटघाटका क्रममा अध्यक्ष मोहन ज्ञवालीले आफूहरु अमेरिकामा रहेका नेपाली ब्यवसायीहरुको एकता र हितका साथै नेपालमा लगानी लैजानको लागि काम गरिरहेको भए पनि नेपालमा ब्यवसायीक असुरक्षा भएकोले सोचे जस्तो ब्यवसाय नेपालमा ल्याउने नसकेको बताउनुभयो। अध्यक्ष ज्ञवालीले अमेरिका नेपाल चेम्बर अफ कमर्श अमेरिका रहेका ब्यवसायीहरुलाई एकजुट गरेर अघी बढ्दै गरेको जानकारी समेत गराउनुभयो। ज्ञवालीले अब बन्ने संविधानमा विदेशमा बस्ने नेपालीहरुको बारेमा उचित संवोधन हुनु पर्छ भन्दै दोहोरो नागरिता, मताधिकार, विदेशमा बस्ने नेपालीहरुका सुरक्षा विमालगायतका कुराहरुको स्पष्ट रुपमा चित्रण संविधानमा हुनु पर्ने, विदेशमा नेपालीले कमाएको पुंजि नेपालमा लगानी गर्ने वतावरण बनाउनु पर्ने कुरा राख्नु भएको थियो।

राष्ट्रपति यादवले आफू युएस नेपाल च्याम्मर्स अफ कमर्सले गरेका कामहरुबाट निकै प्रभावित भएको, युएस नेपाल च्याम्मर्स अफ कमर्सले अमेरिकाबाट खेलेको भूमिकाका लागि युएस नेपाल च्याम्मर्स अफ कमर्स अमेरिकालाई धन्यवाद दिनु भयो। अमेरिकामा युएस नेपाल च्याम्मर्स अफ कमर्सले अझ प्रभावकारी ढंगले काम गरोस् भन्ने सुभेच्छा व्यक्त गर्नु भएको थियो।

हाल सम्म ३१वटा स्टेट बाट ४०० व्यपारीहरुले आवद्धता जनाइसकेको युएस नेपाल च्याम्मर्स अफ कमर्सलाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ।

गत बर्ष अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स) र नेपाल चेम्बर अफ कमर्शको बिचमा एक सम्झौता भएको छ। नेपाल चेम्बर अफ कमर्शले यूएस नेपाल चेम्बर अफ कमर्सलाई अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल चेम्बर अफ कमर्सले यूएस नेपाल चेम्बर अफ कमर्सलाई काठमाडौंमा कार्यालय कोठा समेत प्रदान गरेको छ।

भेटवार्तामा गैरआवासीय नेपाली संघ (एनआरएन)ले चुनावमा भाग लिन पाउँनुपर्ने, अमेरिकामा बस्ने नेपालीले नेपालमा व्यपार गर्न वातावरण सिर्जना गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस