एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ बैशाख। अशोक थापाले नवौं अलजजिरा इन्टरनेशनल डकुमेन्ट्री फिल्म फेस्टिबलमा जुरी बेष्ट अवार्ड प्राप्त गरेका छन्। फेस्टिबलमा थापाद्वारा निर्देशित तथा निर्मित लघु वृत्तचित्र ‘द कोरियन ड्रिम’ ले जुरी बेष्ट एवार्डसंगै ३ लाख ४५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको हो।

अप्रिल १८ देखि २१ तारिखसम्म दोहाको सेराटन होटलमा सञ्चालित फेस्टिबलमा विश्वका ९० देशका १३९५ फिल्ममध्ये जम्मा २०५ वटा फिल्महरुले प्रतिस्पर्धाका लागि अवसर पाएका थिए। लामा २३, मध्यम ८२, लघु ५३, न्यु होराइजन ३७ र ११ वटा प्रोमिसिङ वृत्तचित्रहरु अन्तिम छनौटमा परेका थिए।


नेपालबाट थापाद्वारा निर्देशित तथा निर्मित वृत्तचित्र द कोरियन ड्रिम प्रतिस्पर्धाको लागि अन्तिम छनौटमा परेको थियो। २७ मिनेट अवधिको द कोरियन ड्रिमले लघु वृत्तचित्रको क्याटेगोरी अन्तर्गत जुरी बेष्ट अवार्ड प्राप्त गरेको हो। अलजजिरा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलबाट पुरस्कृत हुने उनी पहिलो नेपाली हुन्।

द कोरियन ड्रिममा नेपालीलगायत विदेशी कामदारहरुको सपना, आशा र निराशाहरु, दक्षिण कोरियामा भोगेका पीडा, दुःख र सरकारले गरेको धरपकड, दमनको चित्रणसमेत गरिएको छ।
द कोरियन ड्रिमको केही झलक:

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस