राज गुरुङ/ एचकेनेपाल डट कम-
पोखरा, १३ बैशाख। नेपाली कांग्रेसका युवा नेता गगन थापाले बिघटित संबिधानसभामा एकीकृत माओबादीको अनाबश्यक बखेडाका कारण जनतालाई संबिधान दिन नसकेको बताएका छन्।

थापाले संबिधानसभामा माओबादीको बखेडा र नेकपा एमालेको द्धैध चरित्रका कारण जनताको आकांक्षा पुरा गर्न नसकेको बताउंदै नेता थापाले त्यसैले पनि अब जनताको इच्छा बमोजिमको संबिधान निर्माण गर्नका लागि नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गरे।

नेपाली कांग्रेस कास्कीको इलाका नम्बर दशद्धारा स्थानीय नयांपुलमा आयोजना गरिएको बिशाल आमसभालाई सम्बोधन गर्दै थापाले संघियताको नाउंमा मुलुकमा रहेका बिभिन्न जातजातीलाई भडकाउन लागेको माओबादीको केन्द्रिय समितीमा कुन जातजाति समेटिएको छ भन्ने फर्केर हेर्न आग्रह गरे।

कार्यक्रममा पूर्ब सांसद शुक्रराज शर्माले लोकतन्त्रलाई मजबुत गर्नका लागि पनि बिगतको कमजोरीलाई सच्याउंदै कांग्रेसलाई बिजयी गराउन आग्रह गरे। कांग्रेस महासमिती सदस्य रामचन्द्र त्रिपाठीले कानुनी राज्य कायम, द्धण्ड हिनताको अन्त्यका लागि पनि लोकतन्त्रबादीलाई जिताउनुपर्ने बताए।

कार्यक्रममा पर्बत कांग्रेसका सभापति लालकाजी गुरुङ, महाधिबेशन प्रतिनिधि पोषनाथ शर्मा, युवा नेता देबेन्द्र कुमार शेरचन, कास्की जिल्ला सचिब युबराज कुंवर, सहसचिब मुकुन्द ज्वाला, क्षेत्रिय सभापति आइ बहादुर गुरुङ, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली, तरुण दलका केन्द्रिय सदस्य मुक्तिराम अधिकारी नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सरोज केसी, कांग्रेस क्षेत्रिय प्रतिनिधि राज बहादुर गुरुङ, दाङसिङ कांग्रेस सभापति तिल बहादुर गुरुङ सल्यान गाउं इकाइ सभापति झनक बहादुर केसी भदौरे तामागीका सभापति रामकाजी गुरुङ लगायतले बिगतमा लोकतन्त्रबादीको पराजयका कारण मुलुकमा नयां संबिधान आउन नसकेको,बिकास निर्माण ठप्प भएको समाजमा अन्याय बढेको जस्ता आरोप लगाएका थिए।

कार्यक्रम इलाका नम्बर १० का सभापति खगेन्द्र गौचनको सभापतित्वमा समपन्न कार्यक्रमको स्वागत उपसभापति प्रम बहादुर गुरुङ र सञ्चालन टंक प्रसाद देबकोटाले गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस