Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धरानमा पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सवको आयोजना हुने

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, १३ वैशाख। पूर्वाञ्चलमा रहेका धार्मिक एवम् पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सवको आयोजना हुने भएको छ।

धरानको सभागृहमा वैसाख २० देखि २२ गतेसम्म हुने महोत्सवमा पूर्वाञ्चलका १६ जिल्लाका धार्मिक एवम् पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने स्टलहरु राखिने ओयोजक विराटक्षेत्र पर्यटन तथा प्रवद्र्धन किास समितिले शुक्रवार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।


तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

पूर्वाञ्चलम रहेका रमणीय स्थलको परिचय तथा धार्मिक स्थलको विषयमा जानकारी होस् भन्ने उद्देश्यले पहिलोपटक विराटनगरमा महोत्सवको आयोजना गरिएको र यसपटक भने सुन्दर नगरी धरानमा आयोजन गर्न लागिएको समितिका अध्यक्ष भविसकुमार श्रेष्ठले जानकारी दिए। महोत्सवले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो। श्रेष्ठले यस महोत्सवमा मुलुकका अन्य स्थानबाट पनि अवलोकनका लागि आउने भएकाले आफूले नदेखेको र नसुनेकोको पूर्वाञ्चलका रमणीय कुराहरुको जानकारी हुने भएकाले पनि यो महत्सव फलदायी सावित हुने समेत सो अवसरमा जानकारी गराए।

यस महोत्सवमा पूर्वाञ्चलभरिका अवलोकनकर्ताहरुको उपस्थिति रहने भएकोले यहाँ रहेका नयाँ पर्यटकीय सम्पदा तथा गन्तव्यहरुको पहिचान, पहिचान गरिएका सम्पदाका एवम् गन्तव्यहरुको प्रचार प्रसार हुने भएकोले आन्तरिक पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने समेत आयोजकले दाबी गरेको छ।

यस महोत्सवमा विभिन्न जिल्लामा भएका यस्ता सम्पदाको वृत्तचित्र, त्यस स्थानको सास्कृतिक पहिचान झल्कने नृृत्य, आफ्नो क्षेत्रम उत्पादन भएका कृषिजन्य सामाग्रीको प्रदर्शन गरिने सो महोत्सवको उद्घाटन पर्यटनमन्त्रीले गर्नुहुनेछ। महोत्सवको उद्घाटन अगाडि ६ किमीको म्याराथुन दौडको आयोजना गरिने समेत जानकारी गराइएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by