एचकेनेपाल डट कम संवाददाता-
बनेपा, २८ फागुन । बनेपाको प्रहरी कार्यालय अगाडि ट्रिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा बसका कन्डक्टर कमल खड्का र काभ्रे मेच्छे पौवाका सुब्बा तामाङ्ग दोङ्ग रहेको प्रहरीले जनाएको छ। मेलम्चीबाट काठमाडौं आउँदै गरेको बसबाट ओर्लिरहेका यात्रुलाई बा२ख ८०७० नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिंदा उनीहरूको मृत्यु भएको जनाएको छ।
घटनामा गम्भीर घाइते भएका ४ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।