एचकेनेपाल डट कम संवाददाता-
१३ अप्रिल, हङकङ । नेपाल च्याम्बर अफ कमर्स हङकङले नयाँ वर्ष कार्यक्रममार्फत विजिनेश डाइरेक्टरी सार्वजनिक गरेको छ।

हङकङ, नेपाल र चीनको व्यापार, पर्यटनलगायत समेटिएको डाइरेक्टरी च्याम्बरका अध्यक्ष जगन्नाथ ज्ञवालीले वानचाइस्थित टामरिन्ड रेष्टुरेण्टमा आयोजित कार्यक्रममा लोकार्पण गरेका थिए।

कोषाध्यक्ष तथा डाइरेक्टरी प्रकाशन संयोजक भीमप्रसाद काफ्लेले स्वागत मन्तव्यको क्रममा पहिलो प्रयास भएकोले कमकमजोरीहरुलाई आगामी दिनमा पूरा गरिने जानकारी गराएका थिए। उनका अनुसार डाइरेक्टरी सम्पादन पत्रकार पूर्ण बस्नेतले गरेका हुन्।

समारोहमा गैरआवासीय नेपाली संघका अध्यक्ष दुर्गाबहादुर गुरुङ र नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि सहचारी भोजराज भुसालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालक महासचिव राजेन्द्र थापा रहेका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस