एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २१ अप्रिल। तमू ट्हो ह्युल हङकङको सातौं अधिवेशनको अध्यक्ष मण्डलले घोषणासभामार्फत नयाँ कार्यसमितिको घोषणा गरेको छ।


मेरिनर्स क्लवको सभाहलमा सम्पन्न कार्यक्रममा अध्यक्ष मण्डलका अध्यक्ष भक्त गुरुङले पटकपटकको प्रयासमा सहमति कायम भइ सर्वसम्मत नेतृत्व चयन भएको जानकारी गराउँदै कार्यसमितिको नाम घोषणा गरेका थिए।

घोषणा बमोजिम अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष क्रमशः सुरेशकुमार गुरुङ, कुमार गुरुङ, शशीकुमार गुरुङ, लालबहादुर गुरुङ, हरिन्द्र गुरुङ र गणेश गुरुङ रहेका छन्। उक्त समितिका सदस्यहरुमा बुद्धिप्रसाद गुरुङ, नारायण गुरुङ, सरोज गुरुङ, निरञ्जन गुरुङ र मीनबहादुर गुरुङ रहेका छन्।


सुरेशकुमार गुरुङ र अध्यक्ष मण्डलका अध्यक्ष भक्त गुरुङ। तस्बिरः जगत गुरुङ / एचकेनेपाल डट कम

मार्च १७ का दिन सम्पन्न अधिवेशनमा अध्यक्षका प्रत्याशी पाँच र सचिवका प्रत्याशी दुई भएपछि चुनावी प्रक्रिया अपनाइएको भए पनि रातको १२ बजेसम्म निर्वाचन पूरा नभएकोले अधिवेशन स्थगित भएको थियो। स्थगित अधिवेशनको चुनावी प्रक्रियाको लागि अप्रिल २१ तारिखका दिन तय भएको थिया।

अध्यक्षका प्रत्याशी कोमल गुरुङ, दुर्गा गुरुङ र काशि गुरुङ र सचिवका प्रत्याशी युवराज गुरुङले सर्वसम्मतिमा सहमति जनाएपछि चुनावी प्रक्रिया स्थगित गरि घोषणासभाको आयोजना गरिएको थियो। अध्यक्षका प्रत्याशी रीता गुरुङले सोही दिन उम्मेदवारी फिर्ता लिएकी थिइन्।

नवनिर्वाचित समितिलाई अध्यक्षका प्रत्याशी कोमल गुरुङ, निवर्तमान समितिका अध्यक्ष अर्जुनकुमार गुरुङ र गैरआवासीय नेपाली संघ एशिया प्यासफिक क्षेत्रीय संयोजक यमकुमार गुरुङले बधाई ज्ञापन गरेका थिए भने नवनिर्वाचित कार्यसमितिकोतर्पmबाट अध्यक्ष सुरेशकुमार गुरुङले प्रतिबद्धता व्यक्त गरेका थिए।


सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका सदस्यहरु।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस