एचकेनेपाल डट कम-
पोखरा, १० वैशाख। रेडियो अन्नपूर्णले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा विहीबार ‘पोखरा विकास रत्न’ बाट शिक्षासेवी तथा विकास अभियन्ता डाक्टर शंकरराज पाठकलाई सम्मान गर्ने भएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

पोखराको विकासमा पु¥याएको योगदानको कदर गर्दै पाठकलाई सम्मान गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। डाक्टर पाठक गण्डकी अञ्चलको अञ्चलाधीश भएको बेलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण, पोखराको बसपार्कको अवधारणा, पोखराको पहिलो गुरु योजना निर्माण, न्यूरोडको बाटो खोल्ने कार्य तथा पर्यटन क्षेत्रको प्रर्वद्धन गरी हालको पोखरालाई दूरगामी सकारात्मक प्रभाव पार्ने दूरदर्शी निर्णय र काम गर्नुभएको थियो।

वि.स.२०३० पुषदेखि २०३३ साल भदौसम्म गण्डकीको अञ्चलाधीश रहनु भएको पाठक सरस्वती बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस चिफ र पछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनु भएको थियो। पोखरा रत्न छनौट समितिमा रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, पर्यटनविद् तथा पोखरा रत्न २०६७ बाट सम्मानित झलक थापा, समाजसेवी तथा तमु धिँ नेपालका अध्यक्ष कर्म तमु, अग्रज पत्रकार नारायण कार्की र शिक्षासेवी अशोक पालिखे रहनु भएको छ।

पत्रकार सम्मेलनमा प्रतिभा छनोट समितिका सदस्य पालिखेले पाठकले पोखराको विकासमा अग्रणी भूमिका खेलेको बताउनुभयो। बार्षिकोत्सवकै अवसरमा रेडियोले यसवर्ष संगीत क्षेत्रका ३ प्रतिभा धनबहादुर गुरुङलाई ‘संगीत प्रतिभा सम्मान’ २०६९, गायिका शान्ति गुरुङलाई ‘आर्टिष्ट अफ दी इयर’ र दी एज व्याण्डलाई ‘व्याण्ड अफ दी इयर बाट सम्मान गरिने रेडियोले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ।

उक्त अवसरमा माछापुच्छ«े गाविसको सानो खोवाङ्गमा सेतीबाढी पीडितहरुका लागि पूनर्वास कार्यक्रम अन्र्तगत निर्मित ९ वटा घर हस्तान्तरण र तातोपानी—खारापानीमा सेतीबाढी पीडित स्मृति पार्कको शिलान्यास गरिने श्रेष्ठले जानकारी दिनुभयो। ‘आवाजविहीन जनताको साँचो आवाज’ बन्ने प्रयासमा रेडियोले सेती बाढी प्रभावितहरुसँग वार्षिकोत्सव मनाउने क्रममा पुर्नस्थापित ९ परिवारलाई जिविकोपार्जनका लागि प्रति परिवार २ वटा बाख्रा पाठी र १०÷१० वटा लोकल कुखुराका चल्ला पनि हस्तान्तरण गर्नेछ।

रेडियो अन्नपूर्णले सेतीबाढी पीडितको लागि स्थापना गरेको राहत कोषमा कुल ६४ लाख ७६ हजार संकलन भएकोमा, १३ औं चरणसम्म ४४ लाख ७० हजार ५५१ रुपैयाँको राहत हस्तान्तरण गरिएको छ भने अव व्याजसहित २१ लाख ३४ हजार ६३० रुपैयाँ बाँकी रहेको छ। बाँकी रकम जिविकोपार्जन र तातोपानी—खारापानीमा स्मृति पार्क निर्माणमा सदुपयोग गरिने श्रेष्ठले बताउनुभयो। पार्कमा तारजाली, पिकनिक स्पट, बाढीपीडितको विवरण समावेश गरिएको स्तम्भ निर्माण गर्नुका साथै तातोपानी कुण्डको पुननिर्माण गरिनेछ।

रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले सबैको साथ र सहयोगले रेडियो सामाजिक उत्तरदायित्व वहनमा लागि परेको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग अपेक्षा गरेको बताउनुभयो। रेडियोका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस