एचकेनेपाल डट कम संवाददाता-
तुलसीपुर, ९ बैशाख। पेशागत हकहितको लागि कलाकारहरु पार्टी नै खोलेर आगामी संविधानसभाको निर्वाचनमा उमेदवारी दिने तयारीमा रहेको खुलासा भएको छ।

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको साक्षात्कारमा गायिका कोमल वलीले पेशागत हक हितको लागि आगामी संविधान सभाको निर्वाचनमा कलाकार उमेदवार बन्ने बताउँदै त्यसका लागि निवार्चन आयोगमा दल दर्ता गर्ने तयारी समेत भईरहेको जानकारी दिईन्।

शाखा अध्यक्ष शरद रेग्मीको सभापतित्वमा भएको साक्षात्कारमा उनले त्यसका लागी कलाकारहरुले पटक पटक छलफल समेत गरिसकेको स्पष्ट पारिन्। वलीले भनिन–अव केही दिनमा नै दल दर्ता गरी चुनावमा जाने निश्चित गर्नेछौ। राज्यले कला संस्कृतिको सरक्षण र कलाकारहरुको मर्म कहिले पनि बुझेन। कलाकारहरु राज्यका गहना भएकोले राज्य यस विषयमा गम्भीर हुनु पर्छ।

गायिका वलीले कलाकारहरुलाई राज्यले उपेक्षा गरेका कारण विदेशिन वाध्य भएको गुनासो गर्दैे कलाकारहरुको हितको लागि संगीत विकाश वोर्डको स्थापना हुनुपर्नेमा जोड दिईन्। साक्षात्कार उनले कलाकारहरुलाई विदेश भ्रमणमा जाँदा राज्यले रातो पासपोर्टको ब्यवस्था गर्नु पर्ने माग गर्दै कला क्षेत्रको विकासका नाममा खुलेका संघ संस्थाहरुले कला क्षेत्रको भन्दा ब्यक्तिगत विकासमात्रै गरेकोले विकास बोर्ड नै गठन गर्नु पर्ने आवश्यकतामा जोड दिईन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस