एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ९ वैशाख। नेपालमा कामरेड पुष्पलालले अघि सर्नुभएको नयाँ जनवादी कार्यक्रम र संयुक्त जन आन्दोलनको नीति मान्ने क्रान्तिकारी कम्युनिष्टहरु मिलेर एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीले एक पत्रकार सम्मेलनमार्फत आफ्नो नीति, दृष्टिको र कार्य योजना सार्वजनिक गरेको छ।

मिडिया इण्टरनेशनलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष ऋषि कट्टेलले कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनबादी र उग्रबामपन्थी धारले अहिले पनि नेपाली समाजलाई बिचलित तुल्याएको औल्याउदै यस प्रबृत्तिलाई परास्त नगरी कम्युनिष्ट आन्दोलनका सही दिशामा अघि बढ्न सक्तैन भन्नु हुदै चार दलीय सिण्डीकेटको सिफारिशमा चैत्र १ गतेको राष्ट्रपतिको आध्यादेश खारेजी, निर्दलीय रेग्मी सरकारको अन्त्य र दलीय सहमतिका आधार दलीय सरकार नबनाइ बर्तमा राजनीतिक संकटको सही निकास निस्कन नसक्ने र संविधान सभाको निर्वाचन पनि स्वच्छ निष्पक्ष, धाँधलीरहित र भयरहीत बातावरणमा हुन नसक्ने ठोकुवा गर्नु भएको थियो।

पार्टीका सह–अध्यक्ष लोकनारायण सुवेदीले पत्रकार सम्मेलनमा प्रस्तुत पार्टीको बिज्ञप्ति बाचन गर्दै नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट क्रान्तिकारीहरुको एकता मात्रै होइन समग्र नेपाली जनताको एकता आजको आवश्यकता हो भन्ने औल्याउनु भएको थियो। उहाँले पार्टीले आगामी बैशाख १८ गते मई दिवसको अवसरमा काठमाण्डौमा पार्टी एकता सन्देश सभा जन बर्र्गीय संगठनहरुको एकताको घोषणाका साथ गर्न बैशाख २८ गते गाई घाट, ३० गते बिराट नगर जेष्ठ १८ गते बुटबल तथा २१ गते धनगढी पार्टी एकता सन्देश सभागर्ने कार्य योजना पनि प्रस्तुत गर्नु भएको थियो।

कार्यक्राम सञ्चालक पार्टीका उपाध्यक्ष टंकराईले नेपालमा नयाँ जनवाद, मान्ने, माओवाद मान्ने, बहुदलीय जनवाद मान्ने र समाजवादी क्रान्ति मान्ने जुन प्रबृत्ति अहिले दखिएको छ त्यस आधारमा चारवटा मात्र कम्युनिष्ट नाम गरेका पार्टी रहँने देखिन्छ र नयाँ जनवादी कार्यक्रम मान्नेहरु बस्तुवादी हिसावले सही धारमा रहेको प्रष्ट््याउनु भएको थियो।

प्रेस बिज्ञप्तिः

आदरणीय पत्रकार मित्रहरु !
महान अक्टोबर समाजवादी क्रान्तिका प्रणेता तथा बिश्व सर्बहारा बर्गका गुरु लेनिनले १४३औ जन्म जयन्तिको अवसरमा उहा“प्रति सम्मानपूर्ण शब्द श्रद्धा ब्यक्त गर्दै तपाईहरु सबैमा नब बर्ष २०७० को शुभ कामना प्रकट गर्दछौं।

तपाईहरुलाई बिदितै भएको हुनु पर्दछ कि हामी नेपालमा माक्र्सवाद,लेनिनवाद र माओ त्सेतुङ्ख बिचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने र त्यस सिद्धान्तका आधारमा नेपाली समाजका आधारभूत समस्या हल गर्न नयाँ जनवादी कार्यक्रम अघि सार्ने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कामरेड पुष्पलालको क्रान्तिकारी बिचार, नीति र परम्परालाई अंगीकार गर्ने कम्युनिष्टहरु एकीकृत भइ नेपाल कम्युनिष्ट पार्टीको पुनर्निर्माण गरेका छौं । क्रान्तिकारी कम्युनिष्टहरुको यो एकता प्रकृयाले सबै प्रकारका औसरबाद र बिचलनकारी प्रबृत्तिहरुालई चिर्दै आज एउटा नयाँ धु्रबीकरणको आरम्भ गरेको छ र यसले देशको कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिन तथा कम्युनिष्ट आन्दोलनलाई अझ उच्च स्तरमा उठाउन योगदान पु¥याउने छ भन्ने बिश्वास हामीले लिएका छौं । हामी यो पार्टी एकता प्रक्रियालाई निरन्तरता दिदै राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जन जीविकाका समस्या हल गर्न समग्र शोषित पीडित नेपाली जनताकै एकताको ज्वलन्त आवश्यकता रहेको कुरा पनि यस घडीमा हामी औल्याउन चाहन्छौ । आज २२ अप्रिल अक्टोबर समाजवादी क्रान्तिका प्रणेता महान लेनिनको जन्म जयन्ति तथा नेपालमा कम्युनिष्ट पार्टी गठन गर्न आह्वान गर्दै संस्थापन कमिटीको तर्पmवाट पहिलो पर्चा निस्केको महत्वपूर्ण ऐतिहासिक दिनमा कमरेड पुष्पलालको बिचार, नीति र कार्यक्रमलाई अंगीकार गर्दै र यसको रक्षा गर्दै आएका अग्रज क्रान्तिकारीको बाटोमा अग्रसर र एकताबद्ध हुन तथा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई नेपाल कम्युनिष्ट पार्टीमा सम्मिलित हुन आह्वान गर्दछौ।

चार दलको गठबन्धन(सिण्डीकेट)ले उत्पन्न गरेको आजको असंवैधानिक, अलोकतान्त्रिक र निर्दलीय जटील तथा संकटपूर्ण स्थितिको निकास चार दलको असंबैधानिक हैसियतको खारेजी, तिनको सिफारिशमा २०६९ चैत १ गते जारी बाधाअड्काउ फुकाउ आदेशको अन्त्य, बर्तमान निर्दलीय सरकारको बर्खास्तगी, आन्दोनलकारी राजनीतिक दलहरु र सरोकारवाला सबै सम्वबद्ध पक्षहरुको सहमतिमा दलहरुकै नेतृत्वमा संयुक्त सरकारको गठन र संविधान सभाको दोस्रो निर्वाचन गरेर मात्र देशको अहिलेको बहु आयामिक संकटको राजनीतिक संवैधानिक निकास निस्कन सक्दछ भन्ने हाम्रो पर्टीको प्रष्ट मान्यता छ । यसै आधारमा हामी ३३ दलको समेत आन्दोलनमा संलग्न रहँदौ आएका छौ र यो अन्दोलनलाई प्रष्ट मार्गचित्र र आचारसंहीताकासाथ अघि बढाउनु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ । अन्यथा, यथास्थितिमा संविधान सभाको निर्वाचन हुुने सम्भावना अत्यन्त न्यून छ । कतै निर्वाचनको नाटक मञ्चन भइहाले पनि त्यो निर्वाचनले चारदलीय असफलतालाई ढाकछोप गर्ने, देशलाई निरंकुशताको बाटो तर्फ धकेल्ने, अस्थिरता र अराजकताको स्थिति सिर्जना गरी प्रतिगामी शक्तिलाई मलजल गर्दै त्यसकै जगमा विदेशी हस्तक्षेप झनै बढाउने तथा अग्रगामी परिवर्तनको जनचाहनालाई कुठराघात गर्ने साधन यो निर्वाचन बन्ने भयावह सन्देह ब्याप्त छ । त्यसैले हाम्रो पार्टी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत किसिमले नेपाली जनताको प्रष्ट चाहना मुखरित हुने संविधान सभाको निर्वाचन गर्ने बातावरण बनाउन उपर्युक्त कदम चाल्न जोडदार माग र आग्रह गर्दछ र जनतालाई यसका निमित्त एकताबद्ध र आन्दोलनरत रहन आह्वान गर्दछ।

पत्रकार मित्रहरु, यी नै महत्वपूर्ण र सामयिक कुराहरुलाई मध्यनजरमा राखेर हाम्रो पार्टी – नेपाल कम्युनिष्ट पार्टीको बैशाख ७ गते सम्पन्न मूख्यालयको बैठकले देशका बिभिन्न निम्न स्थानहरुमा पहिलो चरणको एकता सन्देश सभाको आयोजना गर्ने र नेपाली जनतामा एकताको उद्बोधन र जागरण गराउने तथा एकताप्रकृयालाई पनि अन्तिम रुप दिने निर्णय लिएको समेत अबगत गराउँदछौं।

(लोकनारायण सुवेदी)
सह–अध्यक्ष तथा प्रचार बिभाग प्रमुख
नेपाल कम्युनिष्ट पार्टी

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस