सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ९ बैशाख। धरानमा आयोजना हुन लागेको ‘राष्ट्रिय चलचित्र महोत्सव २०७०’ को तयारी सु्रु गरिएको छ।

अगामी जेठ १५देखि १७ गतेसम्म धरानस्थित डिपोट उमाविको खेलमैदानमा हुने महोत्सवको तयारी सुरु गरिएको हो। चलचित्र विकास बोर्डको आयोजना, धरान नगरपालिकाको संयोजन र २५ वर्षदेखि धरानमा रहेर रंगमञ्चको क्षेत्रमा काम गर्दै आएको नाट्य संस्था अनामको व्यवस्थापनमा धरानमा हुने महोत्सवका लागि विभिन्न १४ उपसमिति गठन गरेर तयारी सुरु गरिएको हो।

महोत्सव तयारीकालागि धरानमा भएको छलफलले प्रचारप्रसार, शान्ति सुरक्षा, सरसफाई, आर्थिक, उपस्थिति, सांस्कृतिक, मञ्चव्यवस्थापन, अन्तर्क्रिया लगायतका १४ उपसमिति गठन गरेको हो।

तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन हुने उद्घाटन समारोहमा एक सय जना वरिष्ठ कलाकार, नायक नायिकाको सहभागीता गराउने, कलाकारहरुको संयुक्त झाँकीले धरान बजार परिक्रममा गर्ने र कलाकारहरुले सांस्कृतिक कार्यक्रम, नृत्य तथा गीत प्रस्तुत गर्ने बोर्डका सदस्य निलहरी काफ्लेले बताए। त्यसैगरी दोस्रो दिन विश्लेषक, चलचित्रकर्मी, संस्कृतिकर्मी, श्रष्टा, सर्जकहरुवीच चलचित्रमाथि अन्तरक्रिया गरिने तथा छनौट भएका ४ चलचित्र प्रदर्शन गरिने कार्यक्रम छ। सोहीदिन चलचित्र सम्बन्धी २ दिने कार्यशाला गरिने छ भने चलचित्र छायाँकनका लागि उपयुक्त स्थलहरुको अवलोकन गरिने कार्यक्रम छ। महोत्सवको तेस्रो तथा अन्तिम दिन कार्यशालाको समापन, चलचित्र प्रदर्शन गर्दै महोत्सव समापन गरिने अनामका अध्यक्ष विनोद श्रेष्ठ तँखाछेले बताए।

करीब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवका लागि बोर्डले १५ लाख उपलब्ध गराउने र बाँकी १० लाख स्थानीय स्रोतबाट जुटाईने आयोजकले जनाएको छ। महोत्सव डिपोट स्कुलको मैदानमा आयोजना गरिने तयारी भएको छ।

Watch Nepali Movie Trailers

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.