Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आणविक हतियारविरुद्ध गोलबन्द हुन जनमोर्चाको आब्हान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २८ फागुन । मानवताविरुद्ध विश्व भरी रहेका २३ हजार भन्दा बढी आणविक भट्टी र हतियार नष्ट गर्न विश्व समुदायलाई एक हुन जनमोर्चा नेपालले आहृवान गरेको छ।

 

आणविक शक्तिको विश्वव्यापी खतराका विरुद्ध संर्घष गरौं भन्ने नारासहित जापानमा गएको भुइचालो र आणविक भट्टी विष्फोटबाट भएको क्षतिको बाषिर्की मनाउन जनमोर्चाले राजधानीमा आयोजना गरेको कार्यक्रममा त्यस्तो आब्हान गरेको हो।

जनमोर्चा विश्वमा रहेका सबै आणविक भट्टीहरु बन्द गराउन, आणविक भट्टीबाट पुग्ने क्षतिहरुका लागि सम्बन्धित देशहरुले पीडितहरुलाई क्षतिपूर्ति र उपचारको खर्च दिलाउ, साम्राज्यवादीहरु नाफाखोर प्रवृत्तिबाट पर्यावरणको रक्षा गर्न, आणविक, जैविक र रासायनिक हतियार माथि रोक लगाउन, प्राकृतिक पर्यावरणको रक्षाका निम्ति सक्रिय प्रतिरोधका लागि अन्तर्राष्ट्रिय मोर्चालाई सुदृढ गर्न भन्दै आजैबाट हस्ताक्षर अभियान समेत सुरु गरेको छ।

आईसीओआर र आईएलपीएसले संयुक्त रुपले गरेको उक्त हस्ताक्षर अभियानलाई समर्थन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रमलाई ससमर्थन पत्र पठाए देशका र विदेशमा रहेका सबै नेपालीहरुलाई उक्त हस्ताक्षर अभियानमा सहयोग गरेर आणविक अतराका विरुद्ध र पर्यावरणको रक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा चलेको अभियानमा सहयोग गर्न अपिल गरेका थिए।

२०११ मार्च ११ मा जापानको फुकुशिमाको दाईचीमा आएको समुन्द्री आँधी सुनामी र त्यहाँ भएका आणविक भट्टीको विकिरणका कारण हजारौं जनताले ज्यान गुमाउनु परेको भन्दै आयोजक जनमोर्चा नेपालका अध्यक्ष साध्य बहादुर भण्डारीले भण्डारीले भने- अहिले पनि संसारभरमा करिब १३ हजार भन्दा बढी आणविक हतियार रहेको छ, त्यसले सम्पूर्ण मानव सभ्यता र प्राणीलाई समाप्त पार्ने भएकाले त्यसका विरुद्ध संर्घष गर्नु अन्तर्राष्ट्रिय दायित्व भएको छ।

राष्ट्रिय जनमोर्चाले विश्व फुकुशिमा दिवसमा आणविक शाक्तिको विश्वव्यापी खतराका विरुद्ध संर्घष गरौं भन्ने नारासहित राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले ८३ हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता भएका नदिनालाहरु भारतलाई बेचिईसकिएको र हालै पनि ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले पञ्चेश्वर पनि बेचेर आएको आरोप लगाएका हुन्।

अन्तक्रिर्या कार्यक्रममा बोल्दै संयुक्त जनमोर्चाका अध्यक्ष भरत लामिछानेले धनाढ्यहरुको आणविक प्रतिष्पर्धाले संसारका गरिब मुलुकलाई धावा बोल्ने र आणविकको विकिरणबाट लाखौं मानिसलाई मृत्युको मुखमा पुर्याउने भएकाले आणविक भट्टी न्यूनिकरण गर्नुपर्ने धारणा राखे।

नेपाल कम्युनिष्ट पार्टी संयुक्तका अध्यक्ष लोकनारायण सुवेदीले आणविक विकिरणका कारण मानवीय शरीरका प्रत्येक अङ्गमा घातक असर पार्ने भएकाले त्यस्ता भट्टीविरुद्ध विश्वव्यापी विरोध गर्नुपर्ने बताए।

अन्तर्क्रिया कार्यक्रममा नेकपा मालेका केन्द्रीय सदस्य कपील पोखरेलले पूँजीपति राष्ट्रले नाफा कमाउने नाममा विश्वमानव बस्तीमा घातक विकिरण फैलाउँदै छन्, त्यस विरुद्ध एक जुन हुनुपर्ने दावी गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by