एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ बैशाख। पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार थाइल्याण्डबाट स्वदेश फर्केका छन्। शाहसंगै पत्नी कोमल, बुहारी हिमानी र पारसकी जेठी छोरी पूर्णिका नेपाल फर्केका छन्।

गम्भीर हृदयघात भएर अस्पताल भर्ना गरिएका छोरा पारस शाहलाई भेट्न शाहका परिवार थाइल्याण्ड गएका थिए। पारसको अवस्थामा सन्तोषजनक सुधार आएपछि उनीहरु नेपाल फर्केका हुन्। पारस अस्पतालबाट डिस्चार्ज भएपनि उनलाई पुनर्स्थापना केन्द्रमा राखिएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस