एचकेनेपाल डट कम संवाददाता-
निस्वार्थ सेवामा हाम्रो पर्बत राम्रो पर्बत भन्ने मूल नाराका साथ अगाडि बढेको पर्बत युवा सेवा समाज कतारले पहिलो बार्षिक उत्सव तथा बनभोज कार्यक्रम भाब्यताका साथ सम्पन्न गरेको छ।

सो अवसरमा आयोजित कार्यक्रममा नयाँ बर्षको शुभकामना आदानप्रदानको साथै केहि समय पहिलेदेखि संचालन गर्दै आएको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजासमेत प्रकाशित गरेको थियो भने साथमा प्रबासी नेपाली सांगीतिक परिवार कलाकारका साथै पञ्चे बाजाका साथमा भरपुर मनोरन्जन प्रदान गरिएको थियो। कार्यक्रम संचालन संस्थाका सचिब दिल कुमार श्रेष्ठ का साथमा सल्लाहकार शेषराज तिमिल्सेना मिलि संयुक्त रुपमा संचालन गर्नु भएको थियो।

पर्बत युवा सेवा समाजका अध्यक्ष पूर्ण बहादुर नेपालीको सभापतित्व सम्पन्न सो कार्यक्रम मा प्रमुख अतिथिको रुपमा एनआरएन ए एन सी सी कतारका अध्यक्ष अमृत गुरुङ रहनु भएको थियो भने बिशेष अतिथिको रुपमा एन । आर एन ए एन सी सी कतारका सल्लाहकार संयोजक मक्सुद आलम गुल्फ़ संजोयक नरेन्द्र भाट संस्था पर्बत युवा सेवा समाज कतार प्रमुख सल्लाहकार चिन्तामणि पौडेल संस्थापक भूपति भट्टराई रहनु भएको थियो। अतिथिहरुमा लोकतान्त्रिक मंचमा अध्यक्ष दिल किरण खुजुम जना सम्पर्क समितिका महामन्त्री करिम बक्स मिया , प्रबासी दलित एकता समाज कतार बुद्धि परिवार तनहु सेवा समाजका नबराज बिक, स्याङ्जा सहयोगी सेवा समाजका खड्क नेपाली, कास्की आदर्श सेवा समाजका अध्यक्ष आश बहादुर गुरुङ, सर्दीखोला सेवा समाजका सचिब दोर्ण प्रसाद बास्तोला गुल्मी सेवा समाज रुपन्देही सेवा समाज, मेची महाकाली सहकारी सस्थाका काशीराम सापकोटा , नबोदित बाचनलयका ललिता गौतम , महिला समाजकी अध्यक्ष रेखा राई, स्याङ्जा सम्पर्क मंचका जित बहादुर नेपाली, सुनसरी सेवा समाज मगर संघ क्षेत्री सेवा समाज प्युठान सेवा समाजका अध्यक्ष छबिलाल प्युठानी ओखढिुंगा सेवा समाज र नेपाल जातिय भेदभाब उन्मुलन साझा मंचका अध्यक्ष भिम सुनार रहनु भएको थियो।

प्रमुख अतिथि एनआरएन ए एन सी सी कतारका अध्यक्ष अमृत गुरुङबाट दियो बालेर औपचारिक उद्घाटन गरिएको सो कार्यक्रममा स्वागत मंतब्य राम प्रसाद भुसालले दिनु भएको थियो। बिशेषताः पूर्णरुपमा मनोरंजनात्मक रहेको कार्यक्रममा सम्पूर्ण अतिथिहरुले नया बर्षको खुसियालीसंगै सस्थाले गरेको कार्यको विश्लेषण गर्दै आगामी दिनहरुमा पनि प्रगतिको शिखर चुम्दै अगाडी बढोस् भन्ने शुभकामना दिनु भएको थियो भने विशेष अतिथि मक्सुद आलमले छोटो समयमा व्यस्तताका बाबजुत समाजले गरेको कार्यक्रमको उच्च मुल्याकंन गर्नु भएको थियो भने प्रमुख अतिथि एनआरएनए एनसीसी कतारका अध्यक्ष अमृत गुरुङले बैदेशिक रोजगारीको सिलसिलामा हुने समस्या समाधानका लागि आफूले जुन सुकै मुल्य पनि चुकाउन पछि नपर्ने साथै कुनै कसैलाई त्यस्तो समस्या परेको छ भने तुरुन्त सम्पर्क गर्न अनुरोध गर्नु भएको थियो।

अन्तमा पर्बत युवासेवा समः क अध्यक्ष पूर्ण बहादुर नेपालीले पूर्णरुपमा समाजले गरेका गतिबिधीहरु प्रस्तुत गर्नु भएको थियो। ति गतिबिधिहरु मध्ये दुवै किड्नीले काम नगरी मृत्युसंग संघर्ष गरिरहेकी मेनका भुसाल र उहाको आर्थिक अवस्थाको मध्यनजर गर्दै उहाको सहयोगको निमित्त मेनका बचाऊ अभियन सुरुवात गरेको थियो। सो अभियानमा पर्बत युवा सेवा समाजले सहयोगार्थ नगद २७५००० अक्षेरुपी दुई लाख पचहत्तर हजार हस्तान्तरण गरेको थियो। यसै गरि कतारमा रहेर पनि कतारमा खेल्कुदको माहोल बढिरहेको अवस्थामा कतारमा विभिन्न रुपमा संचालन हुदै आएको भलिबल प्रतियोगितामा दोस्रो , तेस्रो नतिजा निकाल्दै खेलकुद क्षेत्रमा पनि अब्बल रहदै आएको छ।

दोहामा रहेका पर्बतबासीहरु दाजुभाई तथा दिदीबहिनीहरुलाई बिभिन्न रुपमा परेका कठिनाईसंग समाधान गर्दै रुपैयाँको अभाबका कारण अलपत्र परेका टिकेटको समेत व्यवस्था गरको थियो। कतारमा रहेर सामाजिक संस्थामा हातेमालो गर्दै विभिन्न सामाजिक कार्यक्रममा हातेमालो गर्दै अगाडि बढेको पर्बत युवा समाज हाल कम्मरदेखि तल कुनै पनि अंगले काम नगरी अपाङ्ग जीबन बिरे रहनु भएका पर्बत युवा सेवा समाजमा आजीवन सदस्य भारत मल्लको सहयोगार्थ भारत मल्ल सहयोग अभियान ली अगाडी बढाइ रहेको छ।

पर्बत युवा सेवा समाज कतारले आफूलाई त्यतिमा मात्र सिमित नराखेर आफ्नो गृह जिल्लामा रंनिंग सिल भलिबल प्रतियोगीता योजना गरि सफलताका साथ सम्पन्न गरेको थियो। अन्तमा सभापतिले आउंदाका दिनमा पनि यस्तै सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम सकिएको जानकारी गरउनु भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस