डम्बर सुब्बा / एचकेनेपाल डट कम-
संघीय लोकातन्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति दक्षिण कोरियाले संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय समितिले जनआन्दोलनको मुल मर्म पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, समतामूलक समावेशी, धर्म निरपेक्ष, नयां नेपालको निर्माणमा लिम्बुवान गणराज्य लगायताका राज्यहरु सुनिश्चित गर्न मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद लिएको लक्ष्य र उददेश्य प्राप्तिको लागि लिम्बुवानी आन्दोलनलाई थप सहयोग पुरयाउन आर्थिक सहयोग गर्ने भएको छ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति दक्षिण कोरियाको केहि दिन अघि बसेको बैठकले समितिमा आबद्ध सदस्य तथा अन्य लिम्बुवानप्रति समर्पित लिम्बुवानी शुभचिन्तकहरुबाट कोरियामा रहुन्जेल तन, मनका साथ मासिक नेरु १ हजार नेपालमा पठाउने निर्णय गरेको हो।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति दक्षिण कोरियाका महासचिव नरेन्द्र वनेमले भने हाल सम्म २१ जना समितिका सदस्य तथा शुभचिन्तकहरुबाट मासिक नेरु १ हजार प्राप्त भई रहेको छ। यो रकम प्रत्येक बर्षको ६ महिनामा नेपाल पठाउने निर्णय भएको छ। सहयोगदाताहरुको नामावाली केन्द्रिय समितिमा पठाई सकेका छौ।
महासचिव वनेमले कोरियामा रहनु भएका मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति दक्षिण कोरियाका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुलाई सहयोगका लागि आव्हान गर्नु भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस