Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पश्चिम सेती सम्झौता खारेज भए विदेशी लगानी बन्दः उर्जामन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २८ फागुण । उर्जामन्त्री पोष्टबहादुर बोगटीले पश्चिम सेती जलविद्युत निर्माण गर्न  चिनिया कम्पनी थ्रि गर्जियनसँग गरिएको सम्भौता खारेज गरिए नेपालमा फेरि कहिल्यै पनि ठूलो विदेशी लगानी नआउने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब  नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री बोगटीले बोलपत्र आब्हान गर्दा ढिला हुने भएकोले राष्ट्रिय हितका लागि छिटो गर्न सो कम्पनीसँग सम्झौता गरिएको दावी गर्दै सुरुवातमै यसको विरोध गरेर अवरोध गरिए नेपालमा विदेशी लगानी रोकिने र मुलुक अध्यारोतर्फ धकेलिने चेतावनी दिए।

साक्षात्कारमा उनले मन्त्रालयले विद्युत ऐन २०४९ को धारा ३५ अनुसारको ब्यवस्था अनुसार सरकार आफैले गर्न सक्ने ब्यवस्थामा टेकेर सम्झौता गरिएको उल्लेख गर्दै उत्पादन लागत बढ्ने र समयभित्र आर्थिक स्रोत जुटाउन नसके सम्झौता खारेज हुन सक्ने स्पष्ट पारे।

मन्त्री बोगटीले पश्चिम सेती राष्ट्रिय गौरबको आयोजना भएकोले  समयमै निर्माण सम्पन्न होस् भन्ने सदभाव राख्न सबै सँग आग्रह गर्दै १२ महिना नै ७ सय ५० मेघावाट विद्युत उत्पादन हुने आयोजनाको निर्माण नेपालको लागि कोशे ढुङा हुने दावी गरे।

उनले सम्झौता गर्दा भ्रष्टाचार भएको भन्ने प्रमाण दिए कारवाही भोग्न तयार रहेको स्पष्ट पार्दै सम्झौतालाई बङग्याएर अवरुद्ध गरिए मुलुकलाई ठूलो घाटा हुने चेतावनी दिए।

आफ्नो सबै काम पारदर्शी भएको भन्दै थ्रि गर्जीयनसँग रातारात हतारमा सम्झौता नगरी पहिला देखिनै प्रक्रिया चलिरहेकोले सोही अनुसार प्रकृया पुर्याएर गरेको दावी उनले गरे।

मन्त्री बोगटीले अहिलेनै पश्चिम सेती निर्माण गर्न दिई नसकिएको स्पष्ट पार्दै आयोजनाको आर्थिक र प्राविधिक मूल्याङकन गरेपछि मात्रै अनुमति दिने जानकारी दिए। उनले आयोजनाको विकासको लागि चाईनिज कम्पनीले ७५ प्रतिशत लगानी गर्ने र २५ प्रतिशत विद्युत प्राधिकरणको सेयरका लागि चिनकै एक्जीम बैंकबाट सहुलियत पूर्ण ऋण उपलब्ध गराउने जानकारी दिदै आयोजनाको लागि ट्रान्समिसनलाईन निर्माणका लागि सरकारलाई एक्जीम बैंकबाट ऋण उपलब्ध गराउने समझादरी भएको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by