एचकेनेपाल डट कम संवाददाता
काठमाडौं, राष्ट्रिय यूवा परिषद र पिस फर पिपुलले संयुक्त रुपमा आयोजना गरिएको ब्यक्तित्व बिकास सम्बन्धि कार्यशाला सम्पन्न भएको छ।

बिभिन्न २५ जिल्लावाट सरकारी विद्यालयमा अध्ययनरत ३ , ३ जना विद्यार्थीलाई सहभागी गराई उक्त कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रममा अनिल चित्रकार, दिपेन्द्र र्चाैलागाई, अनिल शाह, रञ्जित आचार्य, डा. गोपीलाल न्यौपाने, गोकर्ण अर्याल , पे्रश्का उदास लगायतले प्रशिक्षण दिनु भएको थियो।

बिशेष गरी नेपाली युवाहरुमा देखिएको बिचलनता र नैराश्यतालाई कमी गर्दे एउटा भोलीको लागि शुन्दर समाजको निर्माण गर्नको निमिक्त यस कार्यक्रम को आयोजना गरिएको आयोजकहरुले जनाएका छन्। अझै पनि नेपाली युवाहरुपाट आशा मारिहाल्ने अवस्था छैन् युवाहरुलाई सकारात्मक सोचको बिकास गराउदै सम्बृद्ध नेपालको लागि एउटा रोल मोडल युवाहरु तय गर्न को निमिक्त कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा परिषद नेपालका अध्यक्ष सरोज बानियाँले जानकारी दिनु भयो।

कार्यक्रम संयोजक राममणी कोईरालाले दिएको जानकारी अनुसार सम्पूर्ण प्रशिक्षकहरुले कार्यक्रमलाई भिन्न तवरवाट प्रशिक्षण दिई प्रशिक्षार्थीले सहजताको साथ बुझ्नको लागि बिभिन्न गेम तथा भिडियोहरुको समेत प्रयोग गरेका थिए।

पिस फर पिपुलका अध्यक्ष सन्तोष विडारीले दिएको जानकारी अनुसार कार्यक्रम पूर्ण रुपले सफल भएको र यसलाई अन्य ५० जिल्लामा पनि लैजाने बताए भने विद्यार्थीहरुमा देखिउको जोश र जाँगरले आफुमा छुट्टै खालको आशा पलाउको प्रतिmक्रिया दिए। कार्यक्रममा कसरी सफल हुने, क्षमताको बिकास कसरी गर्ने, युवा मनोबिज्ञान यसका सकारात्मक र नकारात्मक कुराहरु, जिवनमा आर्थिक सफलता कसरी सम्भव छ र मानिस कसरी खुसी रहन सक्छ त्यसै समुहमा कसरी काम गर्ने एवंम सूचना प्रविधिको सवालमा समेत छलफल गरिएको थियो। प्रशिक्षार्थीको प्रतिक्रिया सबैको समान थियो हामीले यस्तो कुरा अहिलेसम्म सिकेका थिएनौ त्यसैले हामी ब्यवहारमा लागु गर्ने प्रयत्न गर्नेछौं।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस