नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका, नयां बर्ष २०७० को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले ‘नेपाल डे परेड’ हर्षोल्लासका साथ सम्पन्न गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा बोल्डर नगरमा सम्पन्न ‘नेपाल डे परेड’ कार्यक्रममा बिशेष अतिथिको रुपमा कान्ट्रिकमिस्नर देव ग्राडनर र हास्य कलाकार सन्तोष पन्तको उपस्थिती रहेको थियो।

तस्वीरहरुः नातिबाबु भट्ट /एचकेनेपाल डट कम

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी, नेवारी धिमेबाजाको तालमा हर्षोल्लास तथा मनोरञ्जनका साथ नगर परिक्रमा गरेका थिए। स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गन्यू चोलो लगाएर आएका थिए। अमेरिकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो।

झण्डै ३ सय नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति मायां र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो। बाटोमा छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए। कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्ना दौतरीसंग आफ्नो रिती र परम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए।

कोलोराडो स्थित बोल्डर सिटी अफ कान्ट्रिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महीनाको तेश्रोसाता नेपालीहरुको नयांबर्षको उपलक्ष्यमा ‘नेपाल डे परेड’ हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयाजना गर्न थालिएको हो। अमेरिकामा रहेका पचास स्टेटमध्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ।

नेपालीहरुका दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो र एक मात्र सूचीकृत कार्यक्रम हो। बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको हो।

विशेष अतिथिको रुपमा बोल्दै कान्ट्रिकमिस्नर देव ग्राडनरले नयां बर्षको शुभकामना दिदैं कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएकोले यस्ता किसिमका कार्यक्रमले दुई देशबीच संस्कृति आदान प्रदानमा महत्वपूर्ण टेवा पुग्ने वताईन्। त्यसैगरी, सन्तोष पन्तले बाध्यता र परिस्थितीले जन्ममूमिदेखि धेरै टाढा भएपनि आफ्नो देशप्रति यति धेरै माया, सद्भाव देखाएको देख्दा आफू धेरै खुसी भएको बताए।

रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदैं मातृभूमिप्रतिको कर्तब्य स्मरण गराउन तथा कर्म थलोमा मातृभूमिको पहिचाहन गराउन यस्तो कार्यक्रमा आयोजना गरेको बताए। परेड कार्यक्रमको समापन समारोहमा रकी माउण्टेनका नव निर्वाचित अध्यक्ष शरद आचार्यलगायत अन्य पदाधिकारीहरुलाई निर्वाचन कमिटिका सदस्य डा.प्रकाश कैनीले खुल्ला मञ्चमा सपथ खुवाई संस्था औपचारिक रुपमा नयां कार्य समितीलाई हस्तान्तरण गराएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस