दिवाकर अधिकारी / एचकेनेपाल डट कम-
कङ्गो, विश्व साईकल यात्री फुर्तेम्बा शेर्पा ९१औं देशको भ्रमण सकेर राजधानी किन्सासा आइपुगेका छन्।

९१औं देशको भ्रमण सकेर राजधानी किन्सासा आएको बेला शेर्पाले नेपाल हाउसको उद्घाटनसमेत गरेका छन्। नेपाली नयाँ वर्ष २०७० को अवसरमा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा पहिलो पटक नेपाल हाउसको स्थापना भएको हो।

विश्वका अन्य देशहरुमा नेपाल हाउसको नाम र अवधारणामा पाहुना घर संचालन भईरहेका छन्। किन्सासामा भने ४ बर्ष अघि कङ्गो आएका स्याङ्जाका मोहन ढकालले नेपालीका लागि साझा थलोको रुपमा नेपाल हाउस स्थापना गरेका हुन्। कामको सिलसिलामा अफ्रिकी मूलको देश कोङ्गो पुग्ने नेपालीहरुको किन्सासामा राम्रै बसोबास रहेको छ।

दशैं, तिहार, तीज जस्तो अवसरहरुमा नेपालीहरुको भेटघाट हुने र सुखदुख बाँड्ने स्थानको रुपमा नेपाल हाउसलाई स्थापित गर्ने संस्थापक ढकालको लक्ष्य रहेको छ। एकै परिवारको सदस्यहरुले संचालन गरेको हुनाले नेपाल हाउसमा, स्वस्थ र पारिवारिक वातावरण हुने कुरामा विश्वस्त हुन सकिने कुरा समेत ढकाल बताउँछन्।

मुख्य रुपमा नेपालीहरुलाई लक्षित भएपनि नेपाल हाउस गेस्ट हाउस् नेपालीहरु बाहेक अन्य सबै जनाको लागि समेत उत्कृट छनौट हुने कुरामा संचालक ढुक्क छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस