राजेश राई / एचकेनेपाल डट कम –
काठमाडौं, ४ बैशाख। गोरखाहरुको आन्दोलनलाई थप प्रभावकारी बनाउँन र अन्तराष्ट्रियकरण गर्नका लागि ‘गोरखा ऐकेडेमिक फोरम’ गठन गरिएको छ।
फाइल तस्वीरः गेसो सभापति पदमबहादुर गुरुङ
गोरखा भूतपूर्व सैनिक संघ(गेसो) केन्द्रीय समितिको बैठक र गोरखाहरुको बुधबार भएको भेलाले शिब गुरुङको अध्यक्षतामा ५ सदस्यीय समूह गठन गरेको हो।
समितिको उपाध्यक्षमा हुम गुरुङ, सचिवमा राजेश राई, कोषाध्यक्षमा प्रकाश राना मगर र सदस्यमा निराजन राई बतास चयन भएका छन्। गोरखा आन्दोलनलाई थप प्रभावकारी बनाउँन र अन्तराष्ट्रिकरण गर्नका ‘गोरखा ऐकेडेमिक फोरम’ गठन गरिएको गेसो सभापति पदमबहादुर गुरुङले बताए। यो समितिले ब्रिटिसले नेपालीहरुमाथि गर्दैै आएको अन्याय र शोषण बिरुद्ध अन्तराष्ट्रिय क्षेत्रमा बौद्धिक लडाई लड्ने उनको भनाई छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b