सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ४ बैशाख। शिक्षकले शारिरिक तथा मानसिक यातना दिएको भन्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दन्त चिकित्सा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन्।

दन्तचिकित्सा महा विद्यालय अन्तगर्त पेरिओडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर धीरेन्द्र कुमार गिरीले राम्रो अध्यापन नगराएको तथा आफूहरुलाई मानसिक तथा शारिरिक रुपमा याताना दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

एसोसिएट प्राफेसर गिरिको राजिनामाको एक सुत्रिय माग राखी आन्दोलित विद्यार्थीहरुले आज प्रतिष्ठानका शिक्षाध्यक्ष तथा गिरिको च्याम्बरमा समेत ताला वन्दी गरेका छन्। उनीहरुले गिरिको राजिनामा माग गर्दै उनीविरुद्ध नाराबाजी गर्दै प्रतिष्ठानभित्र प्रदर्शन समेत गरेका थिए। प्रदर्शन पछि उपकुलपतिको कार्यालयमा धर्ना समेत दिए। एसोसिएट प्राफेसर गिरिले समय अवधिभर अध्यापन नगराउने गरेको र आफूहरुलाई तुच्छ व्यवहार गर्ने गरेको र कोर्ष बाहिरको प्रश्न सोधेर गलत जवाफ दिएको भन्दै मार्करले पिट्ने, उठवस गराउने लगायतका अमानवीय व्यवहार गरेको कारण आफूहरु आन्दोलिन भएको विद्यार्थी सागर दाहालले वताए।

उनले गिरीको राजिनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्। आफूहरुले गिरिको अमानवीय व्यवहारबाट आजित भएपछि एक साता अघि नेै उनको राजिनामाको माग गर्दै प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष तथा विभाग प्रमुखलाई निवेदन दिएको भए पनि मागको सुनुवाई नभएपछि आफूहरु आन्दोलनमा उत्रिएको जानकारी दिए। उनले भोलि बिहीबारसम्म पनि आप्mना माग पुरा नभए दन्त चिकित्सा महाविद्यालयमा समेत अनिश्चितकालीन तालावन्दी गर्ने चेतावनि समेत दिए। यता प्रतिष्ठानले भने विवादमा आएका शिक्षक गिरीलाई कारबाही प्रक्रिया सुरु गरि सकेको जनाएको छ।

तस्वीर भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस