एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ बैशाख। नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चैत १ गते चार दलवीच भएको ११ बुँदे सम्झौता, राष्ट्रपतिद्धारा जारी २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश, त्यसबाट बनेको सरकारको विघटन र गोलमेचसम्मेलनबाट नयाँ सरकार गठनको ठोस प्रतिबद्धता नआएसम्म राष्ट्रपतिसँग पनि वार्ता नगर्ने स्पष्ट पारेका छन्।

cp gajurelरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले राष्ट्रपतिले आफूहरुलाई बारम्बार वार्ताको लागि बोलाए पनि माग पुरा गर्ने ठोस प्रतिबद्धता नआएसम्म वार्ता गर्नुको औचित्यनै नहुने ठोकुवा गरे। यद्यपि उनले सरकारले अहिलेसम्म आफूहरुलाई वार्ताको लागि कुनै पत्र नपठाएको जानकारी दिए।

साक्षात्कारमा उपाध्यक्ष गजुरेलले चार दलवीच भएको ११ बुँदे सम्झौताले मुलुकलाई संविधान विहीनता र निरकुशता तिर लगेको कारण असारमा निर्वाचन हुन नसकेको दावी गर्दै यस्तै अवस्थामा मंसिरमा पनि निर्वाचन हुन नसक्ने स्पष्ट पारे। उनले भने–असारमा निर्वाचन हुन नसक्नुको कारणमा कुनै परिवर्तन नआएको छैन । यस्तो अवस्थामा मंसिरमा पनि निर्वाचन हुन सक्दैन। ११ बुँदे सम्झौता, २५ बुँदे बाधा अडकाउ खारेज, त्यसबाट बनेको सरकार खारेज र गोलमेच सम्मेलनबाट नयाँ सरकार बनाउने कुरा सुनिश्चित भएमात्रै निर्वाचनमा भाग लिन्छौ।

यथास्थितिमा निर्वाचन गर्नु ज्ञानेन्द्र शैलीको नौटंकी मात्रै हुने विश्लेषण गर्दै गजुरेलले असारमा निर्वाचन हुन नदिनु जनताको विजय भएको बताए। उनले भने–असारमा निर्वाचन निरकुंशतालाई बैद्यता दिने प्रयास थियो। त्यो हुन सकेन जनताको विजय भयो। गजुरेलले तत्काल वार्ता भएर समस्या समाधान हुने अवस्था नरहेकोले पार्टीले सडक आन्दोलन गर्ने निर्णयमा पुगेको भन्दै नेकपा–माओवादीले देशभक्त र निरकुंशता विरोधी धारको नेतृत्वले लिएर आन्दोलन गर्ने बताए।

एमाओवादी अध्यक्ष प्रचण्ड एजेण्डा विहीन भएकोले चिन र भारतको भ्रमणबाट एजेण्डा लिएर आउने भनि टिप्पणी गर्दै पार्टी अध्यक्षले देशको विकासको लागि बजेट ल्याउँछु भन्नु जनतालाई दिउँसै रात पार्नु भन्दा अरु केही नभएको ठोकुवा गरे। पार्टीको केन्द्रीय कमिटिको बैठकले सडक आन्दोलनको कार्यक्रम तय गरेको र आगामी ९ गते बस्ने विस्तारित बैठकले त्यसलाई अन्तिम रुप दिएर आन्दोलनको आधिबेहरी ल्याउने चेतावनी दिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस