Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दृष्टिविहीन जोडीको मन्दिरमा विवाह

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम –
पोखरा, २७ फाल्गुण । दृष्टिविहीनहरूले बाहिरी आँखाले नदेखेपनि भित्री आँखाले देख्छन् भन्ने गरिन्छ।

दृष्टिविहीनहरूले पनि आफ्नो जीवन कटाउनका लागि जीवनसाथी रोज्नु र विहे गर्नु सामान्य मानिस सरह नै लिनुपर्छ।

यस्तै, एक दृष्टिविहीन जोडीले शनिबार विन्ध्यवासिनी मन्दिरमा विवाह गरेका छन्। स्याङ्गजा जिल्ला वाङ्गसिङ्ग गाविस घर भई पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत होमनाथ पौडेलले कास्की जिल्ला धिताल गाविस घर भएकी रूक्मिना ढुङ्गगानासँग विहे गरेका हुन्।

पौडेल पोखरा, अमरसिंहचोकस्थित सुसेली दोहोरी साँझमा कार्यरत छन् भने ढुङ्गगाना स्याङ्गजा राङ्गखोलास्थित चक्रकमला निमाविमा अध्यापनरत छिन्। पौडेल हाल स्नातक तृतीय वर्षमा अध्ययन गर्दै छन् भने ढुङ्गगाना स्नातकोत्तर द्वितीय वर्षमा अध्ययनरत छिन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by