एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २ बैशाख। खेलकुद र सामाजिक क्षेत्रमा बेग्लै तर ओझिलो छवि बनाएका शिवशंकर रञ्जितरकार आज हामीबाट धेरै टाढा भएका छन्।

फाइल तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

समाजसेवी तथा खेलाडी रञ्जितकारको यो दुःखद देहान्तले खेलकुद लगायत सामाजिक संघसंस्था र पोखरा नै स्तब्ध बन्न पुगेको छ। ६७ वर्षीय रञ्जित साढे दुई वर्षदेखि मृगौंला रोगले पीडित थिए। एउटा मृगौंला समेत प्रत्यारोपण गरिएका रञ्जितकारको पोखरा–१० रामबजार आफ्नै निवासमा सोमबार विहान ६ः३० बजे निधन भएको हो।

विभिन्न सामाजिक तथा खेलकुद क्षेत्रमा रहेर काम गरेका रञ्जितको सोमबार पोखराको सेती नदीस्थित तुल्सीघाटमा दाहसंस्कार गरिएको छ। उनको पार्थिव शरिरमा छोरा सरोज रञ्जित र डा.निरज रञ्जितले दागवत्ती दिएका थिए। रञ्जितकारको परिवारमा दुई श्रीमती, दुई छोरा र १ छोरी रहेका छन्।

२००३ साल वैशाख १५ गते जन्मिएका रञ्जितकार दर्जनौं संघसंस्थाहरुमा आवद्ध थिए। तत्कालिन गण्डकी खेलकुद विकास समितीको सदस्य पदमा रहेर रञ्जितकारले लामो समय काम गरेका थिए। पोखरा रंगशालाको भीआईपी मञ्च बनाउने कार्यमा उनी संयोजक भएर त्यो काम सम्पन्न गरेका थिए। पूर्व फुटबल खेलाडी समेत रहेका रञ्जितकार कास्की एन्फाको सल्लाहकार, हिमाली सास्कृतिक परिवारको मानार्थ सदस्य, नेपाल भूपू खेलाडी मञ्चको पूर्वउपाध्यक्ष एवम् हाल सल्लाहकार, भ्याली स्पोर्पिटिङ क्लब रामबजारका पूर्वअध्यक्ष एवम् हाल सल्लाहकार साथै रंगशाला पर्खाल निर्माण समितीको उपाध्यक्षका रुपमा आवद्ध भएर काम गरेका थिए।

त्यसैगरी नेपाल एमेचर एथलेटिक सघको केन्द्रीय उपाध्यक्ष, कालिका उच्च माविको सञ्चालक समितीको पूर्वसदस्य, कालिका क्याम्पसको संस्थापक सदस्य तथा अर्थसमितीको अध्यक्ष समेत रहेका रञ्जितको सम्झना र सम्मानमा आज क्याम्पसले १ दिन विदाको समेत घोषणा गरेको छ। रञ्जितको सम्झनामा क्याम्पसमा एक कार्यक्रम गर्दै सोमबार विदा नै घोषणा गरिएको हो।

रामबजार तायमचा समितीको सल्लाहकार र टोल सुधार समिती पोखरा–१०÷१५ रामबजारको सदस्य पदमा समेत रही सामाजिक कार्यमा समेत रञ्जित जीवनभर संलग्न र सक्रिय रहँदै आएका थिए। फुटबलमा योगदान पु¥याउनु भएको भन्दै सहारा क्लबले छैटौ आहा कप २०६४ र गत बर्ष भाईखल पोखराले सम्मान गरेको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस