एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ बैशाख। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतवार विहान चीन प्रस्थान गरेका छन्।

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै प्रचण्ड चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिन पिङ्गको निमन्त्रणामा चीन गएका हुन्। उनले चिनियाँ उच्च पदाधिकारीहरुसँग नेपाल र चीनको सम्बन्ध, चीनले नेपाललाई गर्न सक्ने सहयोग, जलविद्युत क्षेत्रमा गर्नसक्ने लगानी लगायतका विषयमा छलफल गर्ने बताइएको छ।

सात दिने भ्रमणमा चीन जानअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसंग बोल्दै प्रचण्डले आफ्नो चीन भ्रमण आर्थिक एजेण्डामा केन्द्रीत हुने बताए।

पहिले राजामहाराजाहरुले चीन र भारतलाई एकार्काविरुद्ध प्रयोग गरिदै आएको बताउंदै प्रचण्डले त्यसको अन्त्य हुनुपर्ने बताए। चीन भ्रमणलगत्तै प्रचण्डको भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस