भाईराम चौलागाई / एचकेनेपाल डट कम-
कुवैत सिटी, १४ अप्रिल। जनजागृति युवा समाज कुवेतले बिगतका बर्षहरु झै यो बर्ष पनि नेपाली भित्ते पात्रो एक कार्यक्रमका बीच सार्बजनिक गरेको छ।

जनजागृति युवा समाज कुवेतका अध्यक्ष दिपक क्षेत्रीको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दूताबास कुवेतका द्वित्तीय सचिब अम्बिका जोशी र सहचारी भूवन पौडयाल रहेका थिए भने विशेष अतिथि साहित्यकार होम बहादुर क्षेत्री रहेका थिए। प्रमुख अतिथि तथा विशेष अतिथबिाट संयुक्त रुपमा पर्दा हटाएर कार्यक्रमको उद्घाटन गरिएको थियो।

तस्वीरः भाईराम चौलागाई / एचकेनेपाल डट कम

प्रवासमा रहेका नेपालीहरूलाई तिथि, मिति र नेपाली चाड पर्बको सहज रुपले जानकारी होस् भन्ने उद्धेश्यले भित्ते पात्रो सार्बजनिक गरिएको र निशुल्क रुपले वितरण गर्ने संस्थाका अध्यक्ष दिपक क्षेत्रीले बताए। कार्यक्रममा शुभकामना मन्तव्य दिदै साहित्यकार होम बहादुर क्षेत्रीले पुस्तकालय सञ्चालनमा सबैले सहयोग गर्नु पर्ने बचेको समयमा पुस्तक पढ्ने बानी बसाल्नु पर्नेमा जोड दिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सबै जसोले नेपाली भित्ते पात्रो सार्बजनिक तथा घुम्ती पुस्तकालय स्थापनाको प्रशंसा गरेका थिए भने पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान गरि सहयोग गरेका थिए। पुस्तक प्रदान गरि सहयोग गर्नेहरुमा होम बहादुर क्षेत्री, सुजन केसी, राम बस्नेत, कल्याण कुमार श्रेष्ठ तोयानाथ दाहाल, हरीकृष्ण न्यैपानेलगायत रहेका थिए। यूएई एक्सचेन्ज तथा हिमाल रेमिटका कुवैत प्रतिनिधी राम बस्नेतले संस्थाका अध्यक्ष दिपक क्षेत्री र महासचिव आनन्द आर्चायलाई मायाको चिनो प्रदान गरेका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस