सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ३१ चैत्र। हङकङ नेपाली महासंघले १५ औ बुढासुब्बा रेडवुल गोल्डकपको उपाधि कव्जा गरेको छ। नेपाल आर्मीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै हङकङले पहिलो पटक गोल्डकपको उपाधि माथि कब्जा जमाएको हो।
तस्वीरः विकाश राई / एचकेनेपाल डट कम
गोल्डकपमा दोस्रो पटक सहभागी हङकङका लागि केल्भीन र डेडोज लियोन्सले गोल गरेका थिए। केल्भीनले खेल सुरु भएको १८ औं मिनेटमा जगजित श्रेष्ठको पासमा विपक्षी गोल रक्षक विट भएको अवस्थामा गोल गरेका थिए भने दोस्रो हाफको ३४ मिनेटमा जगजित श्रेष्ठको क्रस पासमा वान भर्सेज वान पासमा डेडोजको हेडिङ गोल प्रहार विपक्षी गोल रक्षकले नियन्त्रणमा लिन नसक्दा जाली चुमेको थियो।
जितसंगै हङकङले ट्रफी सहित नगद ३ लाख २५ हजार हात पारेको छ। स्ट्राईकरहरुबिचको तालमेल राम्रो भएको तथा सोचे अनुरुपको खेल भएकोले जित सहज भएको हङकङका कोच आङ्तेण्डी शेर्पाले बताए।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा आर्मीको लागि एकमात्र सान्त्वना गोल खेल सुरु भएको ७ औं मिनेटमा टेकबहादुर बुढाथोकीले आकर्षक गोल गरेका थिए। उनले भरत खवासको पासमा गोल गरेका हुन्। खेलको सुरुवात मै एक गोलले अगाडि रहेपनि पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा आर्मी दोस्रो पटक पनि उप विजेतामा चित्त बुझाउन बाध्य भयो। १२ मिनेटमा पाएको पेनाल्टी राजु तामाङले सदुपयोग गर्न सकेनन्। उनको प्रहार पहिलो बार नजिकैवाट बाहिरिएको थियो। हङकङका पिटर सेगुनले भरत खवासलाई डि बक्समा लडाएपछि आर्मीले पेनाल्टीको अवसर पाएको थिए।
उपविजेता आर्मीले नगद १ लाख ६२ हजार ५ सयसंगै ट्रफी हात पारेको छ। आर्मीका कोच साईला महर्जनले पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको बताए।
प्रतियोगीताको म्यान अफ दि सिरिज धरान फुटबल क्लवका प्रकाश बुढाथोकी घोषित भए उनले यामाहाको एसएस १२५ मोटर साइकल पाए। प्रतियोगीताको वेष्ट गोलकिपर घोषित हुदै हङकङ टिमका विकेश कुथ्थुले नगद १० हजार पाए। त्यस्तै वेष्ट मिडफिल्डर बन्दै हङकङकै जगजीत श्रेष्ठले नगद १० हजार, वेष्ट स्टाईकर हङकङका डोडोज लियोन्सले १० हजार, प्रतियोगीता अवधिभर ३ गोल गरेका आर्मीका टेकबहादुर बुढाथोकीले हाई स्कोरर बन्दै २० हजार, वेष्ट कोच हङकङका नारद राईले १० हजार, वेष्ट डिफेन्स सागर थापाले १० हजार र फाईनलको म्यान अफ दि म्याच सागर थापाले ५ हजार पाए।
समापनको अवसरमा फिफा एम्पायर विनोद केसीलाई आयोजक धरान फुटबल क्लबले नगद १० हजारसहित सम्मान गरेको छ भने हालै सर्वोत्कृष्ट बर्ष खेलाडी घोषित सागर थापासहित विभिन्न सहयोगीहरुलाई सम्मान गरिएको थियो। विजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले चेक तथा ट्रफी हस्तान्तरण गरेका थिए।
WATCH VIDEO: Hong Kong Nepalese Federation lifts 15th Budha Subba Gold Cup Beating Nepal Army
VIDEO: Santosh Kafle / HKNepal.com
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b