एचकेनेपाल डट कम संवाददाता-
दाङ, २९ चैत। नेकपा एमालेका सचिब युबराज ज्ञवालीले बर्तमान सरकारले नै चुनाव गर्नु उपयुक्त हुने बताएका छन्।
सचिव ज्ञवालीले यो सरकार विघटन हैन यहि सरकारले नै निर्वाचन गर्नै पर्ने बताए। तर मंसिरमा पनि निर्वाचनको सुनिश्चितता नभए यो सरकारको निरन्तरता आवश्यक रहने छैन र रहन दिनु हुन्न, उनले भने। दलीय सहमतिमा निर्वाचनको मिति तोकिनुपर्ने उल्लेख गर्दै नेता ज्ञवालीले त्यसका लागि दलहरुबीचमा निर्वाचन लगायत साझा एजेण्डामा सहमति कायम हुनुपर्ने बताए।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता ज्ञवालीले पूर्व प्रशासकहरुले शासन गरिरहेको र दलहरु प्रतिपक्षमा बसेको अवस्था भए पनि यहि सरकारले चुनाव गराउँछ भन्ने विश्वास भएको भन्दै योे विश्वास भत्कन दिन नहुने तर्क गरे। दलहरु बीचको सहमति अहिलेको आवश्यकता भएको भन्दै उनले दलहरु मिल्न सके अहिलेको प्रक्रिया सफल हुने अन्यथा असफल हुने बताए।
बर्तमान सरकारलाई बाध्यताको उपजको संज्ञा दिदै ज्ञावलीले भने–यो सवालमा दलहरुले ठिक गरे कि गरेनन् भन्ने कुरा समिक्षा हुंदै जाला तर फेरी यो सरकार हटाउनुपर्छ भन्नेहरु गलत हुन् यहि सरकारले निर्वाचन गराउनुपर्छ। उनले पार्टीहरु मिलेमा मात्रै चुनाव हुने विश्वास ब्यक्त गर्दै पार्टीहरु मिलेनन् भने असारमा मात्रै हैन मंसिरमा पनि चुनाव नहुन नसक्ने ठोकुवा गरे।
क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता ज्ञवालीले संविधान बनाउन नचाहने शक्तिको रुपमा रहेको एकीकृत नेकपा माओवादी सत्तामा पुगेकोले नै संविधान नबनेको आरोप लगाए। ज्ञावलीले माओवादीको देखाउने दाँत र चपाउने दाँत अर्कै भएकोले संविधान बन्न नसकेको आरोप लगाउँदै एमाले पहिलो पार्टी भैदिएको भए संविधान बनिसक्थ्यो उनको दाबी थियो।
उनले भने– एमाओवादीले कै कारण संविधानसभा विघटन भयो, उसैले संविधान खायो। फेरी उसैलाई ठूलो दल बनाए संविधान बन्दैन। मुलुक सिक्किमीकरण हुन्छ। अब संविधान बनाउनका लागि नेकपा एमालेको बहुमत आवश्यक छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b