एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ चैत। अर्थमन्त्री शंकर कोइरालाले आगामी बजेट पूर्ण रुपमा नीजि क्षेत्र मूखि हुने खुलासा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले सरकारले मुलुकको विकास निर्माणको गतिलाई तिब्रता दिने विषयमा नीजि क्षेत्रमाथि सरकारले विश्वास गरेको भन्दै सोही अनुरुप आगामी पूर्ण बजेटको तयारी समेत गरिरहेको जानकारी दिए।

साक्षात्कारमा अर्थमन्त्री कोइरालाले भने–सरकारले अर्को पूर्ण बजेटको तयारी गरिरहेको छ। नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी उनीहरुसँगको सहकार्यमा बजेट ल्याउँछौ। उनले अहिलेको बजेट थोरै समयको लागि भए पनि कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आफूहरुले अहिलेको बजेट देखिनै काम थालेको बताए।

उर्जा संकटको कारण मुलुकको अर्थतन्त्रले फड्को मार्न नसकेकोले पनि सरकारले उर्जाको विकासको लागि नयाँ योजना ल्याएको उल्लेख गर्दै अब उर्जा संकटको समाधानको लागि १५ अर्ब बढी बजेट छुट्याएर सरकारले उर्जाको विकासको लागि ट्रान्मीसन लाई विस्तार गर्ने, अनुदान दिने, फ्यूल प्लान्ट सञ्चालन गर्ने र भारतबाट विजुली ल्याउने योजना बनाएको बताए।

अर्थमत्रीले राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणमा अवरोध नहुने गरी ब्यवस्था मिलाईएको भन्दै नेपालबाट निर्यात हुने सम्भावना रहेको सिमेन्ट उद्योगको विकास र विस्तारकालागि प्रयाप्त भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले भने–दुई वर्षभित्र सिमेन्टमा हामि आत्मनिर्भर बन्ने गरी सरकारले काम अघि बढाएको छ। उनले सरकार अहिले मुलुकमा निकासको लागि निर्वाचन अपरिहार्य भएकोले सरकार निर्वाचनमै केन्द्रीत हुँदा हुँदै पनि विकास मुलुकको अर्को महत्वपूर्ण एजेण्डा भएकोले निर्वाचनसँगै विकासलाई अघि बढाउने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

अहिलेको बजेट निर्वाचनमुखी भएकोले राजस्वमा प्रवेश नगर्दा नीजि क्षेत्रको लागि राहतको कार्यक्रम ल्याउन नसकेको भन्दै आगामि बजेट ल्याउँद नीजि क्षेत्रसँगको सहकार्यमा ल्याउने उनको जानकारी दिए। अर्थमन्त्रीले आगामी बजेटमा पनि जलविद्युतका विकास, रणनीतिक महत्वका राजमार्ग निर्माण र सिचाईको विकासमा जोड दिईने बताए। छिट्टो निर्वाचन गरेर नेतृत्व दलहरुलाई हस्तान्तरण गर्न आफूहरु को प्रमुख कर्तब्य भएको भन्दै असारमा निर्वाचन हुँदैन भनेर सरकारले अहिलेसम्म भनिसकेको समेत उनले स्पष्ट पारे।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस