सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २८ चैत्र। नेपाल आर्मी धरानमा जारी १५ वुढासुब्बा रेडवुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आयोजक धरान फुटबल क्लवलाई २ का विरुद्ध ३ गोल अन्तरले पछि पार्दै आर्मीले फाइनल यात्रा तय गरेको हो।
Video: Santosh Kafle/ HKNepal.com
आर्मीको लागि दुई गोल टेकबहादुर वुढाथोकी ले गरे भने अन्तिम तथा निणार्यक गोल विकर्ण श्रेष्ठले गरेका थिए। धरानको लागि दुवै गोल प्रकाश वुढाथोकीले गरे।
तस्वीरहरुः सन्तोष काफ्ले र विकाश राई / एचकेनेपाल डट कम
खेल को सुरुवातमा आक्रमक रुपमा प्रस्तुत भएको धरानका लागि खेल सुरुभएको १६ मिनेटमा प्रकाशले बिक्रम लिम्बूको पासलाई सदुपोग गर्दै गोल गरेका थिए। आफैले कर्नरबाट लिम्बूलाई पास दिएर उनले मिलाई दिएको बललाई प्रकाशले जाली जुमाएका थिए। उनलको गोलंसगै अग्रतालाई पहिलो हाफको इन्जुरी समयसम्म कायम राख्न सकेन।
पहिलो हाफको इन्जुर समयमा आर्मीका टेकवहादुर वुढाथोकीले गोल गर्दै खेल बराबरीमा पुर्याए। उनले भरत खवासको बाट टच क्रस पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। उनको गोलसंगै पहिलो हाफ बराबरीमा सकिएको थियो। दास्रो हाफमा धरान भन्दा केही शसक्त रुपमा मैदानमा देखा परेको आर्मीका लागि प्रकाशले नै दोस्रो हाफको १६ औ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। उनले राजु तामाङको पासमा दास्रो गोल गरेका थिए। प्रकाशको गोलसगै १ गोलले पछि परेको धरानका लागि अन्तिम गोल म्यान अफ दि म्याच प्रकाशले नै गरेका थिए। उनले दोस्रो हाफको २३ मी दिपक राईको वान टस पास आर्मीका डिफेन्स तथा गोल रक्षक गंगाराम देउजासमेत विट भएको अवस्थामा गोल गरेर खेल बराबरीमा पुर्याएका थिए।
निर्धारित समयमा २)२ बराबरीमा सकिएपछि थपिएको १५ मा आर्मीका लागि विकर्ण श्रेष्ठले अन्तिम तथा निर्णायक गोल गरे। उनले आतिरिक्त समय सुरुवातको २ मिनेटमा राजु तामाङको फ्रिकिक प्रहारलाई टंक वस्नेतले लिएको हेड पास सदुययोग गर्दै गोल गरेका थिए। दोस्रो हाफमा मैदानमा नवयुग श्रेष्ठ बाहिरिएपछि प्रवेश गरेका श्रेष्ठको गोलसगै आर्मी गोल्डकपमा दोस्रो पटक फाइनल प्रवेशको मौका पायो।
आर्मीले अव फाइनलमा भोलि विहीबार हुने हङकङ नेपाली महासंघ र थ्री स्टार विचको विजेतासगै ३१ चैत्रमा समाना गर्ने छ। म्यान अफ दि म्याच प्रकाश वुढाथोकीले नगद ५ हजार पाए।
खेलाडीहरुले राम्रो खेलेको भए पनि पाएका मौकाको सदुपयोग गर्न नसक्दा सेमीबाट बाहिरिनु परेको धरानका प्रशिक्षक सागर घिमिरेले बताए। उनले फिनिसिगंका केही समस्या भएको प्रतिक्रिया दिए। साथै उनले रेफ्रीको गलत निणर्यका कारण पनि खेलाडीको मनोबल गिरेका कारण पराजित भएको आरोप समेत लगाए। यता आर्मीका प्रशिक्षक साइला महर्जनले भने खेल ५० ) ५० भए पनि पाएका मौका सदुपयोग गरेका कारण जितेको बताए। उनले जितप्रति खुसी व्यक्त गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b