राजेश राई / एचकेनेपाल डट कम-
काठमाडौ, २८ चैत । गोरखा भूतपूर्व सैनिक संघ (गेसा) ले बेलायती अदालतको फैसला तत्काल कार्यन्वयन गर्न माग गदै माग पत्र बुझाएको छ। गेसोले नेपाल सरकार र बेलायती सरकारलाई एकैपटक ज्ञापन पत्र बुझाएको हो।

तस्बीरः राजेश राई / एचकेनेपाल डट कम

तीन बुँदे मागसहित गेसोले मंगलबार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन र नेपाल सरकारको मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो। गेसोले बेलायती अदालतले २१ जनवरी २०१३ मा गरेको फैसलालाई तत्काल कार्यान्वयन गरेर सबै गोरखाका सन्तानहलाई बेलायत निशुल्क जान दिनु पर्ने लगायतका मागहरु राखेर ज्ञापन पत्र बुझाएको हो।

गेसोले सबै गोरखा सैनिकका सन्तानहरुले बेलायतको आवासीय भिषा पाउँनु पर्ने, अध्यागमन सम्बन्धी मुद्दा पर्दा गोरखा र गोरखाका सन्तानहरुलाई कानुनी सहयता दिँदै आएको कानुनी सहायतालाई निन्तरता दिनु पर्ने र गोरखाको सन्तानहरुलाई भिसा शुल्क बापत लिइँदै आएको शुल्क २ लाख ६८ हजार ४ सय खारेज गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझाउँन अघि गेसो केन्द्रीय कार्यालय पुलचोकबाट जुलुस निकालिएको थियो। करीब ४ हजारभन्दा बढी युवाहरु सहभागी जुलुस पुलचोकबाट कुपण्डोल, माईतीघर, हुँदै बबरमहलमा गएर कोणसभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गदै गेसो सभापति पदमबहादुर गुरुङले बेलायती अदालतले गरेको फैसलालाई तत्काल कार्यन्वयन नगरे कडा आन्दोलन गरिने बताए। ‘आफ्नै अदालतले आफ्नै राष्ट्रसेवकका हकमा गरेको फैसला तत्काल कार्यान्वयन गर्नुपर्छ’ उनले भने- ‘कार्यान्वयन नगरे हामी व्रिटिसको अन्याय विश्वलाई सुनाएर आन्दोलन गछौं।’

खिलराजले झुक्काए
अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ज्ञापन पत्र लिन लागि समय उपलब्ध गराए पनि अन्तिम समयमा उनी ज्ञापन पत्र बुझ्न आएनन्। गेसोले चार दिन अघि नै प्रधानमन्त्रीको सचिवालयमा समय माग गरपछि मंगलबार दुई बजेका लागि समय दिएको थियो। तर, मंगलबार अन्तिम समयमा व्यास्तताको कारण देखाउँदै समय नदिईएको गेसो महासचिव महेन्द्रलाल राईले बताए। अध्यक्ष रेग्मीले समय नदिएपछि गेसोले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र दर्ता गरेर आएको छ।

बेलायतमा पनि बुझाईयो
गेसोले मंगलबार नै बेलायती प्रधानमन्त्री डेबिड क्यारुनलाई पनि ज्ञापन पत्र बुझाएको छ। करिब दस हजारभन्दा बढीको गोरखाहको समूहको प्रर्दशनसहित ज्ञापन पत्र बुझाईएको गेसोका केन्द्रीय सदस्य प्रेम गुरुङले बताए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस