सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २७ चैत्र। हङकङ नेपाली महासंघ धरानमा जारी १५औं बुढासुब्बा रेडबुल गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ। ४ पटकको गोल्डकप विजेता नेपाल पुलिस क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै हङकङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

तस्वीर-भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

दोस्रो पटक गोल्डकपमा सहभागी हङकङ गोल्डकपको सेमीमा पहिलो पटक प्रवेश गरेको उसले सेमीमा थ्री स्टारको सामना गर्ने छ। हङकङ जितको लागि दुवै गोल पुकार गहतराजले गरेका थिए। डोडोज लेअन्सले दिएको क्रसलाई सदुयोग गर्दै म्यान अफ दि म्याच पुकार गहतराजले खेल सुरु भएको १३ औ मिनेटमा गोल गरेका थिए।

पुलिसका किपर रितेश थापाको जर्ज गलत हुंदा उनले दोस्रो वार चेपेर गरेको प्रहारले जाली चुमेको थियो। गहतराजले दोस्रो गोल दोस्रो हाफको २७ मीनेटमा जगजित श्रेष्ठको प्रहार डिफेन्स लाइनमा लागेर पर्किएको वललाई सदुपयोग गर्दै गरेका थिए। उनले करिव २० याडबाट गोल प्रहार गरेका थिए। म्यान अफ दि म्याच गहतराजले नगद ५ हजार पाए।

नेपाली राष्ट्रिय टालीका कप्तान सागर थापासहित नेपाली तथा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको हङकङले आधा दर्जन मौका सदुपयोग गर्न सकेन। खेलसुरु भएको १६ मीनेटमा हेनरी ओकिराको प्रहारले गोलको दिशा दिन सकेन भने २७ मीनेटमा डोडोज लेअन्सले गरेको गोल प्रहार समेत सफल हुन सकेन। खेल सुरु भएको ४२ मीनेटमा जगजित श्रेष्ठको आकर्षक फ्रि कीक प्रहार पुलिसका गोल रक्षक रितेश थापाले नियन्त्रण लिए। दास्रो हाफको ४३ मा हङकङका डोडोज लेअन्सले दोस्रो वार चेपेर गरेको गोल प्रहारले पनि गोलको दिशा गर्न नसक्दा हङकङले स्कोर बढाउन सकेन।

पुलिसका लागि भने एक मात्र सान्त्वना गोल पर्वत पाण्डेले पेनाल्टी मार्फत गोल गरेका थिए। उनले हङकङका ४ पेटर सेगनले गणेश खड्कालाई सानो डि बक्समा लडाएपछि रेफ्री लभ जोशीले दिएको पेनाल्टीको सदुपोग गरेका थिए। हङकङ भन्दा धेरै मौकाहरु निकालेको भए पनि पुलिसले अवसरहरुको सदुपयोग गर्न नसक्दा गोलडकपबाट बाहिरिन वाध्या भएको थियो।

पुलिसका लागि खेल सुरुभएको ११ मीनेटमा पर्वत पाण्डेको आकर्षक प्रहार विपक्षी विकेश कुथ्थुले बचाए भने २२ मीनेटका पुलिस जुमानुको प्रहार क्रस बारमा लागेर आउट भएको थियो। ४४ मी. पर्वत पाण्डेको कर्नर हङकङका किपर विकास कुथ्थुले पञ्च गरेर फर्किएको बल जुमानु राईले प्रहार गरेको गोल हङकङ डिफेन्सको खुट्टामा लागेर फर्किएको वल पुन सुमन सुवेदीले गरेको प्रहार विपक्षी गोल रक्षकले नियन्त्रण लिए।

दोस्रो हाफमा आक्रमक रुपमा मैदानमा प्रवेश गरेको पुलिसका लागि दोस्रो हाफको १ मीनेटमा भोला सिलवाको पासमा जुमानु राईको वान भर्सेज वान प्रहार गोल रक्षक विकास कुथ्थुले नियन्त्रणमा लिए भने योगेश श्रेष्ठ ३५ याडबाट गरेको प्रहार हङकङका किपर विकास कुथ्थुले विफल तुल्याएपछि पुलिस घर फर्कन वाध्य भएको हो।

आफ्नो टिमले राम्रो खेलेको भए पनि पाएका मौकाको सदुपयोग गर्न नसक्दा आफूहरुले हार बेहोरेको पुलिसका कोच हरि खड्काले बताए। उनले खेलाडीमा आपसी तालमेल नमिलेको कारण पनि गोल गर्न नसकेको प्रतिक्रिया दिए। यता हङकङका कोच नारद राईले टिम सेट नभएका कारण सोचे अनुरुपको खेल नभएको बताए। साथै उनले आफ्ना ३ खेलाडी नआइपुगेको कारण स्कोर गर्न नसकेका प्रतिक्रिया दिए। भोलि बुधवारको पहिलो सेमी फाइनल खेल आयोजक र आर्मीबीच हुने छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस